हाँडसिंजा स्वास्थ्य चौकीमा सौर्य उर्जा सोलार जडान

जुम्ला ः जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीमा दाताको सहयोगमा ६ किलोवाटको सोलार प्रणाली जडान गरिएको छ । अमेरिकास्थित ग्रिड अल्टरनेटिभ संस्थाको सहयोगमा स्वास्थ्य चौकीमा सौर्य उर्जा सोलार प्रणाली जडान गरिएको हो ।
जुम्लामा राष्ट्यि विद्युत प्रशारण लाइन जडान भएपनि सिंजा क्षेत्र र ग्रामीण भेगमा लाइन पुगेको छैन । नेश्नल ग्रिड जडान भएपनि विजुलीको नियमित आपूर्ति नहुदा अहिले २४ सै घण्टा विद्युत आवश्यक हुने क्षेत्र अस्पतालमा वैकल्पिक उर्जाको आवश्यकता पर्दै आएको छ ।
यही समस्या हाँडसिंजा स्वास्थ्य चौकीमा रहेको थियो । स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र उपाध्यायका अनुसार विजुली नहुदा समस्या भएको थियो । वर्षदिन अघि सौर्य उर्जाका लागि समन्वय भए अनुसार सोलार प्रणाली जडान भएका छ । यस निकै राहत महसुस भएको छ ।
स्वास्थ्य संस्थामा मिनि भिडियो एक्स–रे, ल्याव, खोप, प्रसुति गृह, पोषण सुधार गृह, आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताल लगायतका सेवाहरु सञ्चालनमा छन् । यिनै सेवाहरु पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि नियमित विजुलीको आवश्यकता पर्दछ । तर विजुली नहुदा निकै समस्या भएको थियो । स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायले भने ६ किलोवाटको सोजाल प्रणाली जडान भएपछि सहज हुने भएको छ । ३५ लाख बराबरको सोलार प्रणाली सहयोग भएको हो ।

प्रतिक्रिया दिनुहोस