प्लान नेपालको सहयोगमा बाढी पीडितलाई त्रिपाल वितरण


जुम्ला ः असोज तेस्रो साता परेको बर्षादसँग आएका बाढीपहिरोले जुम्लामा धेरै धनजन क्षति भयो । बाढीपहिरोबाट धेरै नागरिक प्रभावित भएका छन् । बाढीपहिरोले धेरै नागरिकको घर भत्काउदा विस्थापित भएका छन् ।
घर भत्केर विस्थापित भएका नागरिकलाई प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत त्रिपाल सहयोग गरेको पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले बताए । उनले भने हिमा गाउँपालिकालाई एक सय र सिंजा गाउँपालिकालाई एक सय त्रिपाल सहयोग गरेको हो ।
बाढीपहिरोले जुम्लामा एक हजार ६ सय ७५ परिवार विस्थापित भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्च जोखिम, सात सय २६ घर आशिंक क्षति भएका छन् । साथै, बाढीपहिरोका कारण जुम्लामा मात्रै १० जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस