मेरो बुवाको मुख हेरेको त्यो अन्तिम दिन

           पुष्पा लामा

असोज १७ गते मन झसङ्ग हुन्छ २०७८ असोज १७ गते को दिन सम्झेर जुन दिन मटुहुरी भयकी थिय | बुवासंग बिछोडिदाको पिडा यो दिन ले झन् बढाए को छ |हामीमान्छेको स्वभाव सायद यस्तै होला आफु संग हुदा त्यसको महत्व नबुझ्ने जब आफु बाट टाढा हुन्छ तब त्यसको महत्व ,आवश्यकता,माया,सद्भाव बढ्ने | म पनि त्यो स्वभाब बाट अलग हुन सकिन जतिखेर मेरो बुवा मसंग हुनुहुन्थ्यो त्यतिबेला लाग्थ्यो मेरो बुवा आमा त सधैमसंगनै रहनुहुनेछ उहाहरु कहिले टाढा जानु हुन्न झैँ लाग्थ्यो त्यतिखेर मजति को भाग्यमानी कोहि छैन झैँ लाग्थ्यो र आफु सुखी खुसि हु झैँ लाग्थ्यो तर प्रकृति को नियम नै यस्तै रहेछ जन्मे पछी मर्नु पर्ने | हे भगवान अरु जे नियम बनाए पनि म स्वीकार्य हुने थिय तर कोहि कसैको आमा बुवा र नजिक को मान्छे बाट छुट्याउने नियम चाही नबनायको भए हुन्थ्यो | तर कसले सुनिदिने भगवान नै अदृष्यहुनुहुन्छ| जबबुवा टाढा हुनुभयो कहिले नभेट्ने गरि तब झन् बुवाको  बढी माया र अभाव को महसुस हुन थाल्यो | पश्चाताप को भारि हरु जति सम्झियो उति थपिदै जान थाले |

बुवा संगै बस्न नपायकोमा,बुवाको सेवा गर्न नपायकोमाबुवा हुदा को त्यो पल को किन सदुपयोग गरिन हुला भनेर | किन बुवा संग मिठा मिठा पहिला का कहानी सुनिन हुला भनेर |अझै साच्चै भन्नु पर्दा मैले बुवा संग धेरै समय बिताउन नै पाइन किनकि  जब म सानो थिय  त्योबेला म भन्दा सानो भाइ भयकोले भाइ नै प्यारो भयो त्यसपछि बुवा ब्यापार को सिलसिला मा टाढा हुनुभयो अनिपछी म अलि ठुलो भय मेरो पढाइ को लागि टाढा भय अनि अलि ठुली भय बिबाह गरेर झन् टाढा भय यसरी मैले मेरो बुवा को काख मा धेरै खेल्न रमाउन पाइन | अब पहिलाको त्यो अबसर त गुम्योमैले चाहेर नि फिर्ता गर्न सक्दिन | त्योअबसर गुमे पनि अब बुवा आमा बुढो हुनुभयो म बुवा संगै तीर्थयात्रा जाउला ,उहिलेका कहानी हरु सुनाउनु होला भनेर योजना गर्दै थिय झन् कहिले नभेट्ने गरि टाढा हुनुभयो | मन मा गहिरो चोट दियर जानुभयो | अनि एकान्त मा कहिलेकाही सोच्छु बुवा एक झल्को मात्र आउनु न म तपाइसंग धेरै कुरा गर्न मन थियो ,हजुरको काख मा लडिबुडी गर्न मन थियो एकचोटी को लागि मात्र आउनु न भन्छु तर आज यति दिन भयो अब त वर्ष बित्यो तर आउनु भयन मेरो फगत सपना मात्र रहेछ बिपना मा त असम्भव भैसकेछन|

कहिले काही मिठो खादै गर्दा,चाडबाड को बेला बुवाको सम्झना आउछतब शरीर का हरेक नशा नशा फुलेर आउछन आसुहरु तछाडमछाड गर्दै आखा बाट भुइँ मा खस्न का लागि आउछन तर आफु लाई सम्हाल्छु खस्न दिन्न |गह भरियर आखा नदेख्ने हुन्छु जहान परिवारको अगाडी लुकाउन बाध्य हुन्छु |तर कहिले काही छछलकियर  भुइँ मा थाहै नपाई खसिसक्छन्|कहिले काही साथी हरु संग बसेर रमाइलो गफ ठट्टा गर्दै गर्दा बिर्सेर खित्का छोडेर हास्छु हास्दा हास्दै बुवा लाइ सम्झिन्छु अनि त्यो हासो का लागि खुलेको मुख आसु कोनुनिलो पानि मुख भरि भरियर घुटुक्क निल्छु |मान्छे ले सम्झाउदाभन्थे अहिले नरोउ रुने दिन त पछी हुन्छ भन्थे साच्चै रहेछ आजभोली का हरेक एकान्त समय मा ,राति सुतेको बेला मा, कति रात मेरा सिरानी भिझे भिझे|हरेक क्षण क्षण मा बुवा को याद ले पिरोलिरहन्छ|कतै बुवाको साथि देख्यो त्यहिझस्कियो,कतैबुढाबुढीदेख्योत्यहियादआउछ,कतैकोहिआफ्नाबुवासंगैहिनेकोदेख्योतेहीमनपिरोलियरआउछसायद मेरो पनि बाबा हुनुहुदो त मपनि यसरि संगै हिन्ने थिय |

मेरो बुवाको मुख हेरेको त्यो अन्तिम दिन सम्झिन्छु |सधै झैँ म मेरो आफ्नो काम सकेर घर तिर फर्किदै थिय बीच बाटो मा एकजना साथि ले फोन गर्यो |उसले सिधै भन्यो तिम्रो बुवा हुन् क्या हो भालु ले मारेछ तिमि छिटो आउ भन्यो म अक्क न बक्क भयँ मैले अर्को प्रश्न नै सोध्न सकिन उसले फोन कटायो मेरा जिउ हरु पुरै काम्न लागे झम् झमाउँनलागेमेरो यक मन ले सोच्यो बुवा होइन किनकि बुवा जहिले नि बजार तिर आउदा म आउदै छु भन्नु हुन्थ्यो हिजो भर्खर कुरा भाको आज आउने कुरै थियन आय पनि त्यो गर्ज्याँकोटको  डाडा मा पुग्ना बित्तिक्कै म आउदैछु भन्नु हुन्थ्यो तर आज फोन पनि आयन सोचिराको थिय | आफु लाइ सम्हाल्दै मैले ड्राइभर र मेरो श्रीमान लाइ घर छिटो आउनु यस्तो घटना भयो रे भने उनि हरु ले पहिला नै थाहा पाको रहेछ घटना घट्यो भनेर तर को मान्छे हो पत्तो पाको रहेनछ |उनीहरुआय छिटो छिटो गाडी चलायर घटनास्थल तिर हिनेउ |एयरपोर्ट नीर पुगेका थियेउ नेपाल आर्मी का जवान हरु दौडदै थिय उनीहरु लाइ उछिनेर अलि माथि दान्सागु निर पुग्दै थियेउ आर्मी को गाडी ,पुलिसको गाडी ,सशस्त्र का गाडी हरु तेज ले दौडिरहेका थिय |मेरोमुटु  को ढुक ढुकी ति गाडीको रफ्तार भन्दा तेज ले दौडिन थाल्यो मैले ड्राइभर लाइ हर्न बजायर उनीहरु भन्दा अगाडी जान भने हामी उनीहरु भन्दा अगाडी दौडियउ | अब मेरो मन ले ठाउ नै छोड्न थाल्यो मुटु चिसो हुन थाल्यो मन गह्रुङ्गो भइ आखा बाट आसुका धारा हरु भलभली बग्न थाले |अझैँ मन मा केहि आशा जगाउदै छिटो छिटोहिडेर बुवा लाइ बचाउन सकिन्छ भन्दै थिय बिचरा गाडी न हो गुड्ने हो उड्न त सक्दैन थियो |असोज को महिना १७ गते का दिन बेलुका ५/६ बजे तिर को समय दिन मा नै अध्यारो भाको थियो |बीच बीच मा आसु लाई पुछ्दै यसोबाहिर तिर हेरे असोज महिना को कन्चन खुलेकोनिलो आकाश ,हरियो चिप्ला डाडा तिर घाम रातो हुदै टुप्पो तिर पुग्दै रहेछन |

सोचे त्यो अस्ताउन लागेको  घाम संगै मेरो बुवा पनि अस्ताउनु भयो |आफ्नो मन लाइ आफै बुझाउदै त्यहा पुगेकै छैन के थाहाबुवा संग भेट हुन्छ कि बुवा जिउदै हुनुहुन्छ कि सोच्थेझिनो आशा जगाउथे  तर त्यो झिनो आशा पनि धेरै टिक्न पायन जब हामी घटनास्थलमा पुगेउ कोहि मान्छे हरु भालु लाइ लखेट्दै थिय कोहि मेरो बुवा बीच बाटो मा लम्पसार परेर सुतिराको ओरिपरी झुम्मि रहेका थिय |हामी लाइ त्यहा नजिक जान दियनन |सबै ले झन् भेट्न नदियर सम्झाउदै थिय तिमीहरु को भाग्य यस्तै रहेछ भनेर भाग्य लाइ दोष दिई रहेका थिय बुवाको भाग्य लाइ पनि गालि गरिरहेका थिय यसरी बीच बाटो मा मर्नु पर्यो भनेर |तर मेरो मन ले मानेन मेरो बुवा को अनुहार नहेरी म सक्दिन कहिले जिउदै हुनुहुन्छ कि भनेर उहा हरु लाइ यकचोटिका लागि भय पनि बुवा को मुख हेर्न का लागि बिन्ति चढाय अनुनय बिनय गरे बल्ल एकजना को पो बुढा मान्छे मेरो बुवा उमेर कै मान्छे ले मेरो कुरा सुने एकचोटी मन सान्ति को लागि भय पनि अनुहार देखाइदिनु पर्छ भन्नु भयो र सबै जनाले मलाइ समातेर बुवा भयको ठाउमा लगे  | बुवा लाइ  लम्पसार बीच बाटो मा कालो पछ्यौरा ले पुरै सरिर छोपियरराखेकोथियो| एकजनामान्छे ले उहाको मुख मात्र देखिने गरित्यो कालो पछ्यौरा को घुम्टो हटायर मलाइ मेरो बुवाको दर्सन गराय टाढै बाट बुवा एकदम गहिरो निन्द्रा मा परे जस्तो मस्त हुनुहुन्थ्यो | काश त्यो निन्द्रा भयको भय अहिले सम्म बिउझिसक्नु हुन्थ्यो तर उहा कहिले नफर्किने गरि गहिरो  निन्द्रा मा परी सक्नु  भयको थियो | मलाइ मेरो बुवाको शरीर छुन नै नदियर फर्काइ दिय|मलाइ भने एकपटक भय पनि मेरो बुवा को अँगालो बेरिन मन थियो बुवा लाइ धित मर्ने गरि समात्न मन थियो तर त्यो भाग्य ले त्यो अबसर सदाको लागि खोसिसकेको थियो कसै ले नजिक जान छुन दियनन |

मेरो मन ले अझै बुवा जिउदै हुनुहुन्छ जस्तो लाग्थ्यो जो भेटे उहा हरु लाइ बुवा लाइ छिटो अस्पताल लान आग्रह गर्थे  डाक्टर ले मरेको लाइ पनि जिउदो बनाउछन भन्ने सुनेको थिए |तर त्यो मेरो बुवा मा सम्भव भयन | अस्पताल त लगेत्यहाँ बाट मलाई एउटा गाडी मा अर्को गाडी मा बुवा हालेर हामी बुवा छोरी लाइ छुट्टयाई दिएमलाइघर तिर लगे तर बुवालाइअस्पताल को मुर्दाघर तिर |मेरो र बुवाको बाटो अलग्याई दिय कहिले नभेट्ने गरि त्यो दिन देखि आज ठ्याक्कै एक बर्ष भयो बुवाकोश्वोर नसुनेको, बुवाको दर्सन नभएको |मत यतिसम्म अभागी रहेछु कि बुवा संग संगै बसेको एउटा राम्रो फोटो पनि छैन | न सजिब मा संगै न निर्जिबरुपी तस्बिर मा संगै कति पश्चताप हो|

कस्तो अनौठो छ मान्छे को जिन्दगि कहिले पिडा ,कहिलेअभाव,कोहि संग भेट्टिनु,कोहि संग छुट्टीनु यही होत जिन्दगि भनेको ??यति भोग्न लागि हामी जन्मेको होर ??आफैले आफै लाइ प्रश्न गर्छु तर उत्तर कतै पाउदिन | मेरो जीवन मा यस्तै भैरहेकोछ |पहिलामेरोसानोउमेरमा त जीवन खुशी मा नै बित्यो अरु को तुलनामा जुम्ला जस्तो ठाउमा आयर पढ्न पाउनु भाग्य कै कुरा थियो त्यो बेला छोरी लाई पढाउनु हुन्न भन्ने बेला मा मैले पढ्न पाय ,मेरो बुवा सानोतिनो ब्यापार गर्ने भयकोले हामी ले फेसन अनुसारको लुगा लगाउन पाउनु ,नयासेतोस्पोर्ट जुत्ता लगाउन पाउनु त्यो बेला भाग्य को कुरा थियो हामी संगै का पढ्न नपायर गाइ गोठाला जान्थे नया लुगा त पर को कुरा थियो |सानो बेला भाग्यमानी नै थिय तर अहिले जीवन को भर्खर आधा उमेर बितेको छ यो पछिल्लो समय मा मेरो आफन्त हरु बाट टाढिनु पर्यो |मेरो सबभन्दा नजिक को साथि भने पनि भाइ भने पनि म बाट टाढा भयको घाउ निको नहुदै झन् बुवा पनि टाढिनु भयो |पहिला बुवा हुदा भाइ नभयनीबुवा त हुनुहुन्छ नि हामी लाइ साहारा दिने ,माया दिने,संरक्षण को प्रत्याभूति दिने,अभिभावकत्व ग्रहण गर्ने, बहिनि हरु कोभविष्य को दीशानिर्देश गर्ने कोहि त छ भन्ने थियो तर त्यो पनि भाग्य माअटायन |अब साहारा बिहिन झैँ लाग्न थाल्यो ,गुड भत्कियकोचराको चल्ला जस्तै भयौ | हुनत आमा हुनुहुन्छ आमा पछी म |

म पनि त अर्काको घरको भैसकेको मान्छे मेरो घर तिर को छुट्टै संसार छ तर मेरो माइती घर न बुवा न भाइ | हाम्रो मन मस्तिष्क सबै बुवा दाजुभाई को भर पर्ने उहा हरु लाइ नै आधार मान्थ्येउ त्यो आधारको खम्बा ढलेको छ |मेरो जीवन को छोटो समय मा यति धेरै घटना हरु मैले खेप्नु परेको छ |उहा हरु दुवै जना को मृत्यु सहज काल गति ले बिरामी भयर भयको थिएन दुवै जना अकाल मै तर अकाल को मृत्यु स्वीकार गर्न निकै कठिन हुदोरहेछ |एक त मान्छे गुमेको चोट अर्को उहाहरु ले मृत्यु बरण गर्दा को पिडा को चोट झन् सम्झेर सहन नसकिने गरि भित्र भित्र पोलिरहन्छ|के मान्छेको जुनी पायपछी यस्ता घटना लाइ सहजै स्वीकार्दै जानु पर्ने होर ?? नस्वीकारेर पनि के गर्नु संगै चिता मा जल्न नसकिने रहेछ |हरेक चोट ,पिडा सहदै बाच्नु नै जिन्दगि रहेछ सायद | जिन्दगिफेरीय संगै भोगिने हरेक शब्द हरु को अर्थ हरु पनि फेरिदै जादा रहेछन | जस्तै जब हामी सानो थिएउ त्यतिखेर नया लुगा मिठो खाना पाउनु नै खुशी र भाग्य थियो ,अनि अलि ठुलो भयो दिन भरि साथीहरु संग खेल्न पाउनु ,मिठा मिठा गफ होस् , बुवा आमाले काम को लागि नबोलाउन त्यो नै खुसि र भाग्य हो जस्तो लाग्थ्यो तर अहिले आयर जसका साथ मा आमा बाबा दुवैछन्,संगै बस्न बोल्न पायका छन् , संगै तीर्थयात्र गर्न पायका छन् ,संगै रमाउन पाएका छन् उनीहरु नै संसारका सबै भन्दा भाग्यमानी र खुशी मान्छे हुन् झैँ लाग्छ |

यो मेरो भोगाई पिडा लाइ यहा हरु माझ राखेर आफु लाइ केहि हल्का गराउन खोजेको छु |हामी ले आफ्ना बुढा बुवा आमा लाइ उहा हरु को साथ रहुन्जेल सम्म सकेसम्म माया ,मानसम्मान,साथसहयोग,आदर,सत्कार,गरौ|मान्छे जन्मे पछी मर्नु पर्छ यो सास्वत सत्य हो तर हाम्रा अग्रज हरु ,अलि उमेर को नेटो काटेका हरु त झन् कर्कलो को पात मा रहेको शीत को थोपा जस्तै हुन् पात मा रहुन्जेल ढलपल ढलपल गरिरहेका हुन्छन कति खेर भुइँ मा खस्छन पत्तो नै हुस्दै |जब भुइँ मा खस्छ त्यसलाई न टिप्न मिल्छ न निचोरन मिल्छ न त खन्याउन नै मिल्छ अनि मैले पश्चाताप गरे झैँ पश्चाताप गरेर जीवन भर बस्नु पर्छ |मेरा यी  भोगाई पिडा लाइ मैले शब्द मा अझै पोख्न सकिन कति बाकि छन् मैले सकभर छोटट्याउन कोशिष गरेको छु |मैले लेखदै गर्दा गह हरु भरिएर आउछन आखा नदेख्ने गरि अनि नसकेर रोकिदैरोकिदैतिन दिन लगाएर लेखे | मेरोभोगाई लाइ शब्द मार्फत बाहिर ल्याउने अर्कोउदेश्य भनेको हाम्रो गाउघर तिर अझै  बुढा बुवा आमा लाइ बोझ को रुप मा लिने ,उनि हरु लाइ आफु बाट छुटाउने ,सकभर उनीहरु बाट टाढा रहन मन गर्ने| चराले  आफ्नोसानो चल्ला हरु लाइआफु नखाई नखाई मुख मा च्यापेर खानेकुरा गुड मा सारेरउनिहरुको मुख मा खुवायर ठुलो उड्ने बनाउछन जब आफु उढंनसक्ने हुन्छन आमा लाइ छोडेर कहा जान्छन कहा ठिक त्यस्तै गर्छन कसै ले यहा |कोहि ले आफ्नो आमा बुवा लाइ वृद्धाश्रम मा राख्ने ,कोहि ले फोहोरी छन् भनेर गोठ तिर राख्ने,कि अलि हिड्न सक्ने बुढा बुढी  भय पाण (घरको तिन तला माथि को सानो एक कोठा )तिर जहा न चुल्हो हुन्छ न उज्यालो हुन्छ यसरी हाम्रो ठाउ तिर यस्ता धेरै बुवा आमाको पिडा देख्न र सुन्न सकिन्छ|

मेरो भोगाई लाइ  पढेर१/२ जना मा भय पनि केहि बृद्धा हरु माथि  माया र सद्भाव को बिज छर्न सकिन्छ कि भन्ने पनि हो | पछी पश्चाताप गरेर रुनु भन्दा समय को महत्व बुझी समय मा नै आफ्ना आमा बुवा संग रमाउनुहोस, बस्नुहोस, सुख दुख का कुरा हरु सुन्ने सुनाउने गर्नुहोस|

                          सम्पूर्ण आमा बुवा हरु मा समर्पित

                                  धन्यवाद

                             २०७९/०६/१७

प्रतिक्रिया दिनुहोस