जुम्ली किसानलाइ मार्सीधान भित्र्याउने चटारो (फोटो फिचर)


जुम्ला । गत साताको अविरल वर्षापछि मौसममा क्रमश सुधार आएसंगै जुम्ली किसानलाई अन्नबाली भित्राउने चटारो सुरु भएको छ । मौसममा सुधार आएपछि पाकिसकेको धान,सिमि,कोदो र मकै लगायतका अन्नबाली भित्राउन थालेका हुन् । सिंजा,पानसय,असी र चौधबीस भेगका सबै किसान यतिबेला मार्सी धान भित्राउन ब्यस्त देखिन्छन् ।

कार्तिक महिनाको आगमन भएसङ्गै किसानहरू काली मार्सी धान काट्न तिर व्यस्त भएका हुन । दसैं सकिए लगत्तै जुम्लामा कामको चटारो बढेको छ । सिमी, कोदो,मकै लगायतका स्थानीय बाली भित्र्याईसकेपछि दसैं मनाउने र दसैं सकिए लगत्तै धान भित्र्याउन तयारीमा लागेका हुन तर अविरल वर्षाको कारण रोकिएका थिए । अन्तिम सातादेखि मौसममा सुधार आएदेखि जुम्ली किसानहरू काममा ब्यस्त हुन थालेका छन ।

जुम्ली किसानहरूले कार्तिकमा भित्र्याउने बालीलाई कार्तिके बाली पनि भन्ने गरेको पाइन्छ । मार्सिधानको बीउ चैत १२ गते राखिन्छ । भने जेठ रोप्ने गरिन्छ । असारमा साउनमा गोडमेल गरेपछि धानका बाला झुल्छन भने कार्तिकको पहिलो हप्ताबाटै मार्सी धान भित्र्याउने जुम्ली किसानहरुले सुरु गर्ने गरेका छन ।

अबको तिहार सम्म जुम्ली किसानहरू व्यस्त हुन्छन । यो वर्षात हुनु किसानका लागि चिन्ताको विषय हो । अन्नबाली भण्डारणमा ख्याल राख्न कृषि विज्ञको सुझाव छ । घरमा सुकाएर मात्र सिमि धान,मकै भण्डार गर्न विज्ञको सुझाव छ ।

असी क्षेत्रतिर सबै सकाएपनि पानसय क्षेत्र तातोपानी तिलामा अझै धान घाँस भित्राउन बाँकि छ । यश वर्ष बाढि पहिरोले अधिकांश मार्सिफाँट डुबानमा परेकोले धान उत्पादन घट्ने देखिएको छ । गत वर्ष ४ हजार ८ सय मेट्रिकटन धान जुम्लामा उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस