नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कीर्तिमानी कर्णालीका धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुदै गृह जिल्ला जुम्ला पुगेका बुढालाई खादा र अवीरले स्वागत तथा सम्मान गरिएको हो ।
एसिया इन्टरनेशनल बोडिङ जुम्लाले एक कार्यक्रमको बीच सम्मान गरेको हो । खेलाडीलाई उत्साहित र हौसल्ला बढाउनका लागि सम्मान गरिएको स्कूल सञ्चालक मनोज बुढाथोकी मगरले बताए । उनले भने जुम्लालाई कृषि क्षेत्रबाट स्याउ सिमि, मार्सी धान र एथेलेक्टिस खेलाडीले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा पहिचान दिने काम गरेका छन् । यो हाम्रो जिल्लाको मात्रै नभएर देशकै गौरवको विषय हो ।
यस्तै जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगीता आचार्यसहित जुम्लाका सरोकारवालाले खेलाडीको मनोबल उच्च बनाउनका लागि गृह जिल्लामा स्वागत तथा सम्मान गरेका हुन् ।
गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्गबहादुर बुढा प्रथम भएर स्वर्ण पदक विजेतामा घोषित भएका थिए । उनी कर्णाली प्रदेशकै पहिलो स्वर्ण पदक जितेका हुन् ।
बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुष तर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका थिए । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी ८ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका जानकारी दिए ।
बुढाले स्वर्ण पदक मात्रै प्राप्त गरेनन् ३ हजार मिटरको अहिले सम्मको रेकड तोडेका छन् । बुढाले यस अघि खेलाडी राजेन्द्र भण्डारीले ८ मिनेट ५७ सेकेण्डमा पार गरेको समयलाई ८ मिनेट ५५.१९ सेकेण्डमा पारगर्दै किर्तिमानी कायम गरेका छन् । पोखरामा सम्पन्न उक्त प्रतियोगितामा बुढाले ५ हजार मीटरमा भने दृतिय स्थान हासिल गरेका थिए ।
धावक बुढाका गुरु गिनिज वुक अफ द वल्र्ड रेकडर जुम्लाकै हरिबहादुर रोकायालाई समेत स्थानीय खेलाडी तथा सरोकारवाला निकायले स्वागत गरेका छ्न् । रोकायाको योगदान तथा प्रशिक्षणले दुर्ग बुढा, सुनमाया बुढा जस्ता दर्जनौ खेलाडीले राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी सफलता हाशिल गर्दै आएका छन् ।
दुर्गबहादुर बुढाले दांगमा भएको ८ आँै राष्ट्रि«य खेलकुद प्रतियोगितामा १० किलोमिटर दौडमा पनि स्वणपदक जितेका थिए । भारतीय आर्मी समेत रहेका बुढाले भारतमा संचालित विभिन्न प्रतियोगितामा विजय हासिल गर्दै आएका छन् ।
खेलक्षेत्रमा लगानी भएन
जुम्लाको खेल क्षेत्रले फड्को मार्दै गर्दा लगानीमा ध्यान नभएको गुनासो गरेका छन् । खेलाडी दुर्गबहादुर बुढाले आज जुम्लाका खेलाडीले सामान्य पोषाक नपाएका बताए । उनका अनुसार खेलाडीलाई सोही अनुसार सन्तुलित भोजन चाहिन्छ, त्यस बिषयमा ध्यान दिईएको छैन् । यसका साथै अहिले सम्म रंगशाला समेत नभएकोले अभ्यास गर्न कठिन भएको खेलाडीले बताएका छन् ।
म्याराथन धावक हरिबहादुर रोकायाले अवको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लाले अझै बढि गोल्डमेडल ल्याउने तयारी अहिलेबाटै गर्ने बताए । उनले हरेक खेलाडी मेहनत गरेर अगाडी बढे गोल्डमेडलिष्ट हुने र नोकरी पनि सुरक्षित हुनेमा जोड दिए । उनले जुम्लाको चिमारा मालिका जानेबाटोमा समेत रंगशालको सम्भावना भएकाले त्यसतिर सहयोग गर्न अपिल गरे । उनले भने एक त खेलाडी उत्पादन गर्न कठिन छ, अर्को भएका खेलाडीलाई संरक्षण गर्ने नीति कार्यक्रममा स्थानीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक रहेको छ ।
जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले एथेलेटिक्स सहित जुम्लाको सम्भावनाको खेलका लागि अव जोडदार रुपमा लाग्नुपर्नेमा जोड बताइन् ।
खेलाडीलाई व्यापारीको सहयोग
दुर्गबहादुरले पोखरामा स्वर्णपदक जितेको खबर पाएपछि उत्साहित भएका जुम्लावासी सनलाईट ईलेक्ट्रोनिक पसलका व्यापारी वालकृष्ण बुढा र उनका दाजु भूवनसिंह बुढाले ५०÷५० हजार गरी एक लाख रुपैया सहयोग प्रदान गरेका छन् । स्वर्ण पदक मात्रै होईन, नेश्नल रेकर्ड कायम गरेकोले दुर्गबहादुरलाई आफुले सानो सहयोग गरेको व्यापारी बालकृष्ण बुढाले बताए । उनले भने खेलाडीलाई उत्साहित बनाउनका लागि सहयोग गरिएको हो ।