जुम्लामा ६५ प्रतिशत मात्रै मत खस्यो


जुम्ला । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जुम्लामा ७० प्रतिशत मत खसेको थियो । स्थानीयतहको चुनावका बेला जुम्लामा थपिएका ६ हजार सहित ६९ हजार मतदाता थिए । जसमा झण्डै ४८ हजार मत अर्थात ७० प्रतिशत मत खसेको थियो । भने मतदाताहरुको सहभागिता पनि उत्साह पुर्ण देखिन्थ्यो ।

तर आईतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जुम्लामा ६५ प्रतिशत मात्रै मत खसेको छ । जबकी ७० प्रतिशत सम्म मत खस्ने अनुमान गरिएको थियो । तथ्यांकलाई हेर्दा निर्वाचनमा जुम्ली मतदाताको उत्साह देखिएन् ।

६८ हजार ६ सय ३८ मतदाता संख्या रहेको जुम्लामा मुस्लिले ६५ प्रतिशत मत खस्दा ४४ हजार ६ सय १४ मतदाताले मात्रै मताधिकार प्रयोग गरेका छन् । भने बाँकी करिब २३ हजार २ सय ३४ मतदाता मतदानमा सहभागी भएका छैनन् । अधिकांश मतदाता खाडी तथा कालापहाड जानु र घरमै भएका मतदाता पनि निर्वाचनमा सहभागी नहुनु लगायतका कारणले न्युन मत खसेको हो ।

नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लामा ६५ प्रतिशत मत खसेको बताउनुभयो । जसमा महिला २१ हजार ९ सय ५७ र पुरुष २३ हजार १ सय २ जना मतदाता मतदानमा सहभागी भएका छन् ।

प्रमुख जिल्ला अधिकारी मुकेश केसरीका अनुसार जुम्लाका सबैतहबाट ढिलामा राती १२ बजे सम्म मत पेटीका आइसक्ने छन् । भौगोलिक विकटता र संचार सुविधा नभएको कारणले सबै ठाउँमा फोन लाग्न सकेको छैन् । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले मत पेटीका आउने क्रम जारी रहेको सर्वदली बैठक पश्चात मत गणनाबारे निर्णय हुने बताउनुभयो ।

दलहरु प्रतिको बढ्दो असन्तुष्टीका कारण मतदाताको निर्वाचनमा अपेक्षित उत्साह देखिएको छैन् । नागरिक अगुवा राज बहादुर महत भन्छन,“वर्षेनी मतदान गर्ने मतदाताको संख्या घट्दो छ । दलहरु प्रति रुष्ट नागरिक बढ्दै छन् । राजनीतिमा नयाँ अनुहार र पात्रको खोजीमा जनता रहेको देखिन्छ । अब पनि दलहरु नसच्चीएको खण्डमा आगामी निर्वाचनमा दलहरुलाई बहिष्कारनै गर्ने अबस्था आउन सक्छ ।”

यदपी, ८३ मतदान केन्द्र र १ सय ६ मतदान स्थल रहेको जुम्लामा भने शान्त मर्यादित र भयरहित वाताबरणमा निर्वाचन सम्पन्न भएको छ । आठ पालिका रहेको जुम्लामा सुरक्षा व्यवस्था पनि मजबुद बनाइएको थियो ।

भने १९ सय ५४ जना सुरक्षाकर्मी र ८ सय ३९ कर्मचारी परिचालन भएका थिए । जुम्लामा ६८ हजार ६ सय ३८ कुल मतदाता मध्य महिला ३२ हजार ९ सय ३८ र पुरुष ३५ हजार ७ सय मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस