काँग्रेस सभापतिलाई हराउदैँ जुम्ला(क)मा स्वतन्त्र उम्मेदवार शाही विजयी

जुम्ला । जुम्ला प्रदेश (क)मा स्वतन्त्र उम्मेदवार देबेन्द्र बहादुर शाही विजयी हुनु भएको छ । तीन दलीय गठबन्धनका साँझा उम्मेदवार तथा नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई १ हजार ८९९ मतान्तरले पछि पार्दै काँग्रेसकै बागी तथा स्वतन्त्र उम्मेदवार देबेन्द्र बहादुर शाही विजयी भएका हुन् ।

प्रदेश (क)मा खसेको कुल २४ हजार ६५५ मध्य निर्वाचित शाहीले ९ हजार ६५४मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी शाहीले ७ हजार ७५५ मत प्राप्त गरेको मुख्यनिर्वाच अधिकृत विष्णु प्रसाद गौतमले बताए । उनका अनुसार एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४७० त ल्याएर तेस्रो भएका हुन् । भने १ हजार ८२ म तबदर भएको छ ।

पार्टीले नपत्याएको र अन्याय गरेको भन्दै बागी उम्मेदवारी दिएका शाही स्वतन्त्रबाट निर्वाचित हुने नेपालकै पहिलो उम्मेदवार हुन् । उनलाई काँग्रेसी लगायत एमाले,माओबादी र राप्रपाका कार्यकर्ताले लोकप्रिय मत दिएका छन् ।

२०६४ साल यताका कुनै पनि निर्वाचनमा सांसद नदोहोरयाएका जुम्ली मतदाताले पनि यस पटक पनि प्रदेश सभामा नयाँ पात्रहरुलाई अनुमोदित गरेका छन् । भने उता प्रतिनिधि सभामा पनि राप्रपाका ज्ञानेन्द्र बहादुर शाही गठबनन्धका गोमा कुँवरलाई दोब्बर मतले पछि पार्दै विजयी हुने सुनिश्चित छ ।

प्रतिनिधि सभाको मत गणना जारी रहँदा राप्रपाका शाहीले सुरुदेखिनै दोब्बर अग्रता कायम गर्दै आएका छन् । विहिबार विहान सम्म प्रतिनिधि सभाको अन्तिम नतिजा आउने मूख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

को हुन् देबेन्द्र शाही
जुम्ला प्रदेश (१) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाही चन्दननाथ नगरपालिका १० वारकोटेबाडा निवासी हुन् । बुबा नरविर शाही र आमा कला शाहीको कोखबाट वि.स.२०१९ साल कात्तिक १९ गते जन्मीएका शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षावाट प्राविधिक शिक्षा हाशिल गरेर सिटिईभिटीमा करिब १५ वर्ष जागिर गरेका थिए ।
वि.सं २०४६ सालमा जनमोर्चामा आवद्ध थिए । भने २०५६ सालमा जनमोर्चाबाट राजिनामा दिएपछि २०५८ साल स्व.मानव सेजुवालको प्रेरणाले नेपाली काँग्रेसको क्रियासील सदस्य लिएर राजनीतिमा होमिएका थिए ।

जिल्ला कमिटीको कोषाध्यक्षको जिम्मेवारी समाल्दै १२ औँ महाधिबेशनमा तेस्रो नम्बरमा १४ औ महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा समेत चुनिएका थिए । त्यस पश्चात काँग्रेसको संगठन विभाग समेत सम्हालेका शाहीले सामाजिक हितका थुप्रै काम गरेका छन् ।

वि.सं २०७४ सालको निर्वाचनमा एमाले र माओबादीको बाम गठवन्धन हुँदा प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए । त्यतिबेला काँग्रेसको मत ११ हजार मात्रै हुँदा लोकप्रियताका कारण १४ हजार २ सय मत ल्याएर पराजय भएका थिए । निर्माण व्यवसायीको पृष्ठभुमिबाट राजनीतिमा आएका शाही समयमै गुणस्तरीय पूर्वाधार संचना निर्माण गर्ने निर्माण व्यवसायी मध्य एक हुन् । उनको सरल स्वभाव र जनमैत्री काम गर्ने शैलीका कारण स्वतन्त्र उम्मेदवारी दिँदा पनि लोकप्रिय मत पाउन सफल भएको शाहीको दाबी छ ।

पार्टीले टिकट नपत्याएपछि स्वतन्त्र उम्मेदवारी दिएका शाही हाल लोकप्रिय मतले विजयी भएका शाहीले निर्वाचित भईसकेपछि पत्रकारसंग बोल्दै आफ्नो जीतनै समग्र जनताको जीत भएको बताएका छन् । जुम्लाको आर्थिक समृद्धी,रोजगारी सृजना,दिगो विकास संगै कृषि क्षेत्रमा विशेष प्रथामिकता दिने बताउनुभयो ।

किसानकै छोरा भएकोले जुम्लाको स्याउ,सिमि,ओखर,मार्सी चामल लगायतका कृषि उपजको उत्पादन बृद्धि,संकलन तथा बजारीकरणमा टेवा पुग्ने नीति निर्माणमा जोड दिने उहाँको भनाई छ ।

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस