गठबन्धनलाई हराउदै दोब्बर मतान्तरले प्रतिनिधि सभामा ज्ञानेन्द्र शाही निर्वाचित


जुम्ला । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्यि प्रजातन्त्र पार्टीका प्रबक्ता ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही निर्वाचित भएका छन् । प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा लोकतान्त्रिक र बामपन्थीहरुको बलियो गढलाई ढलाउँदै शुन्य संगठन भएको राप्रपाका शाही बहुमतले निर्वाचित भएका हुन् ।

आर्थिक भ्रष्टचार विरुद्धको अभियान्ता हुदैँ राप्रपामा प्रबेश गरी सक्रिय राजनीतिमा होमिएका शाहीले गठबन्धनकी साँझा उम्मेदवार गोमा गौतम (कँुवर) लाई पराजित गर्दै विजयी भएका हुन् ।

जुम्लामा खसेको जम्मा ४५ हजार २८४ मत मध्य २२ हजार ८१९ मत प्राप्त गर्दै राप्रपाका शाही विजयी भएका छन् । भने प्रतिस्प्रर्धी गठबन्धनबी गोमा कुँवरलाई मतान्तरले पारी पछि शाही विजयी भएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमलले बताउनुभयो ।

उहाँका अनुसार प्रतिस्पर्धी कुँवरले ११ हजार ९५९ मत ल्याएकी छन् । निर्वाचित शाहीले १० हजार ८६० को दोब्बर मतान्तरले गठबन्धनलाई हराएका हुन् ।

गठबन्धनको ३६ हजार मत आउने आँकलन गरिएपनि जनताले गठबन्धनलाई नपत्याएको मत परिणामले स्पष्ट देखाएको छ । गठन्धनकी उम्मेदवार कुँवर ११ हजार ९५९ मतमा सिमित रहँदा र निर्वाचित शाहीले दोब्बर बढी मतले विजयी भईरहँदा मतदाताले नयाँ अनुहार र पात्रलाई अनुमोदन गरेको देखिन्छ । राप्रपाको शुन्य संगठन र मतदाता रहेको जुम्लामा व्यक्तित्वका कारण लोकप्रियताका कारण बहुमत ल्याएर इतिहास रचेका छन् ।

भने उता तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रतननाथ योगीले ६ हजार ५२८ मत ल्याउँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लले ९ सय ५५ मत ल्याएका छन् । भने जम्मा २ हजार ४७८ मत बदर भएको छ ।

आर्थिक भ्रष्टचार विरुद्धको अभियान्ता हुदै राप्रपामा प्रबेश गरी सक्रिय राजनीति यात्रा सुरु गरेका शाही छोटो समयमै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई संसदीय अभ्यास गर्ने अबसर पाएका छन् ।

संसदीय अभ्यासको अनुभव नभएका शाहीका लागि संसद यात्रा सिकाईमुलक हुने अनुमान छ । भ्रष्टचार विरुद्धको अभियान्ता हुँदै खाडीमा फसेका सयौ नागरिकको सकुसल उद्दार गर्ने,सामाजिक हितका विषयमा सरोकारवालाको ध्यानर्कषण गराउने काम गर्दै गरिरहेका शाही सामाजिक संजालबाटै भाईरल भएका थिए । शाही हाल राष्ट्यि प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता समेत रहेका छन् ।

काँग्रेस,माओबादी र एकिकृत समाजबादी पार्टीको तीन दलिय गठबन्धनबाट साँझा उम्मेदवार बनेकी गोमा कुँवरले गठन्धनबाटै अपेक्षित भोट नपाएपछि अप्रत्यासी नतिजा भोग्नु परेको छ । गठबन्धन भित्रैबाट सैदान्तिक भोट नआएपछि कुँवरले हार व्यहोर्नु परेको हो । गठबन्धन संग ३६ हजार मत सुरक्षित थियो । जबकी जुम्लामा ६८ हजार ६३८ मत थियो । तर मंसिर ४ गते सम्पन्न चुनावमा ४५ हजार ५९ अर्थात ६५ प्रतिशत मत खस्यो । ३६ हजार मत आफ्ना नै हुन भन्ने गठबन्धनको दाबीलाई मत परिणामले पृष्टी गर्न सकेन् ।

अन्ततः स्थानीयतहको निर्वाचनमा ५ सय मत मात्रै भएको राप्रपा पार्टीका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाही गठबन्धन भन्दा दोब्बर र एमाले तथा नेमकिपाका उम्मेदवार भन्दा तेब्बर बढी मत ल्याएर विजयी भएका छन् ।

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस