‘बरु मृत्यु स्वीकार्छु,तर भ्रष्टचार सहन्न’ : ज्ञानेन्द्र शाही

जुम्ला । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सासद ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लालाई भ्रष्टचार मुक्त जिल्ला बनाउने प्रतिबद्धता गर्नु भएको छ ।

भ्रष्टचार विरोधी अभियान्ता समेत रहेका शाही राप्रपाको केन्द्रिय प्रवक्ता हुदैँ गत निर्वाचनबाट बहुमतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । जुम्लामा आयोजित बधाई कार्यक्रममा शाहीले बरु आफु मृत्यु स्वीकारर्न तयार रहेको तर भ्रष्टचार नसहने प्रतिबद्धता गर्नु भएको हो ।

अब पनि भ्रष्टचार गर्ने,जनताको करबाट सुविधा लिएर पनि विकासको बजेटमा मोजमस्ती गर्नेले कालापहाडको बाटो तताए हुन्छ । निर्वाचित शाहीले भन्नुभयो,“मैले निर्वाचनमा कसै संग चन्दा पनि मागेको छैन् । भ्रष्टचारकै विरुद्ध अभियान चलाउँदा १७ पटक जेल परे । मुलुकको समृद्धी र विकासको बाधक भनेकै भ्रष्टचार हो । भ्रष्टचार रोक्न मेरो पहिलो प्रथामिकता रहन्छ ।”

स्थानीय तहमा जनताको सेवा भन्दा विलासिता बढ्दै गएको छ । विपद जस्तो क्षेत्रमा समेत न्युन बजेट छुटाएको देखिन्छ । अधिकृतम पुँजीगत बजेट खर्च गर्न नसकेर फ्रिज भईरहेको छ । बेरुजु करोडौका हिसाबले आईरहेको छ । त्यसैले भ्रष्टचार नरोकि समृद्ध जुम्ला बनाउन नसकिने भएकोले सबैको साँझा पहलमा विकास संगै भ्रष्टचार मुक्त जुम्ला बनाउने अभियानमा साथ दिन सांसद ज्ञानेन्द्र शाहीले अपिल गर्नु भएको छ ।

मुलुक देश भ्रष्टाचारले विग्रेको छ । तल्लो तहदेखि माथिकम टाउँके सम्मलाई अतिरिक्त कमाउने बानी बसेको छ । उहाँले थप्नुभयो,“भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिलाे   एजेन्डा छ । सडक, विजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनेछु । डोजर आतंकले बाढीपहिरोको जोखिम बढाएको छ । अनाश्वक सडक काटिएका छन् । डोजर आतंक पनि अन्त्य गरिने छ ।”

जुम्लामा गुणस्तरी स्वास्थ्य,शिक्ष,सडक,संचार,पर्यटन र कृषि क्षेत्रको विकासका लागि नीति निर्माण देखि संघिय मन्त्रालय देखि दातृ निकाय संग पहल गर्ने समेत उहाँको भनाई छ ।

प्रदेश सांसदको प्रथामिकताःपर्यटन र कृषि
जुम्ला प्रदेश (क) र प्रदेश (ख)बाट निर्वाचित सांसदहरुले जुम्लाको आर्थिक समृद्धी र विकासका लागि कृषि र पर्यटन क्षेत्रलाई प्रथामिकता दिने प्रतिबद्धता गरेका छन् । संघिय सांसद ज्ञानेन्द्र शाही र द्धोय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले तीनै तहका सरकार बीच समन्वय गरी जुम्लाको विकासमा लाग्ने प्रतिबद्धता गरेका हुन् ।

नेपाल पत्रकार महासंघ जुम्लाद्धारा आयोजित नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा जुम्ला प्रदेश (क) बाट निर्वाचित देवेन्द्र बहादुर शाहीले भ्रष्टचार मुक्त जिल्लाबाट साँझा ऐकेबद्धता रहेको भन्दै जुम्लाको कृषि उत्पादन बृद्धि,बजारीकरण तथा किसानको आय बृद्धिमा जोड दिने प्रतिबद्धता गर्नुभयो ।

गाउँस्तरका आबश्यकता पहिचान गरी योजना निर्माण गर्ने र कार्यकर्ता पोस्ने व्यक्तिका नाममा योजना दिने प्रबृत्तिको समेत अन्त्य गरिने उहाँको भनाई छ ।
प्रदेश सभा सांसद टेकराज पछाईले जुम्ला सिंजा बनाउने मेरो योजना रहेको बताए । उहाँले भन्नुभयो,“प्रदेश (ख)का दुर्गम क्षेत्र कनकासुन्दरी गाउँपालिको बुम्रमाडीचौर,राँसा मालापानी, घोडेमहादेव क्षेत्रको प्याकेजमा विकास गरिने छ।पर्यटन संग रोजगारी,कृषि,स्वास्थ्य,शिक्षालाई जोडेर विकास गर्ने लक्ष्य छ ।”

नाग्म गमगडी सडकको स्तरबृद्धि गरी पर्यटकको आगमनलाई समेत सहज बनाई आर्थिक समृद्धी हासिल गर्न सकिने भएकोले त्यसतर्फ जोड दिईने उहाँको भनाई छ । पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रसंसा गर्ने र गतल कामको विरुद्ध खबरदारी गरिने बताए ।

पत्रकारिता क्षेत्रमा पछिल्लो समय स्टीन्जर प्रथा बढेको छ । यसलाई निरुत्साहित गर्नुपर्ने देखिएको छ । स्थानीय स्तरका विज्ञान पनि केन्द्रका मिडिया हाउसले प्रकाशन गर्ने गरेका छन् । यो नीतिगत रुपमा त्रृटि छ । यस्ता नीतिगत त्रृटिलाई सच्चाउनका लागि संसादमा आवाज उठाईदिन नवनिर्वाचित सांसदलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस