सेवा प्रवाहलाई सहज र कर्मचारी नियमित गर्न तातोपानीमा डिजिटल हाजिर

जुम्ला । स्थानीयतह देखि अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरु विहान अबेर आउने र साँझ सबेरै घर जाने चलन छ । कार्यालय समय १० देखि ४ बजे सम्म भएता पनि अधिकांश सरकारी कर्मचारीहरु विहान ११÷१२ बजेट आउने र दिउँसो ३ नबज्दै घर जाने प्रबृत्ति बढ्दो छ । जसका कारण सेवाग्राहीले समयमै बेला सेवा नपाउने र कर्मचारीहरु आउँना बित्तिकै हाजिर लगाएर जाने गरेको पाईन्छ ।

विहानै ठिक १० बजे कार्यालय पुग्ने हो भने अधिकांश कार्यालयमा कर्मचारी अनुपस्थित हुन्छन् । भने,उनिहरुको आउने र जाने समयको टुंगोनै हुदैन् । विभिन्न बाहना देखाउँदै विदामा बस्ने र एकमुष्ट हाजिर लगाएर तलब पचाउने समेत प्रबृत्ती कर्मचारीहरुमा बढ्दो छ ।

समयको बचत,सेवा प्रवाहलाई छिटो छरितो र कर्मचारीलाई कार्यालयमा नियमित गराउन यहाँको तातोपानी गाउँपालिकाले डिजिटल हाजिरी जडान गरेको छ । प्रविधिको प्रयोगबाट दैनिक कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले विहिबारदेखि डिजिटल हाजिरी प्रविधिको सुरु गरिएको हो ।

डिजिटल हाजिरीको विधिवत सुरुवात गर्दै जुम्लाका नवनिर्वाचित प्रदेश सांसद द्धोय देबेन्द्र बहादुर शाही र टेकराज पछाईले समृद्ध तातोपानी बनाउन जनता सेवाबाट सन्तुष्ट हुनु पर्नेमा जोड दिनु भएको छ । सेवालाई नागरिकमैत्री बनाउन डिजिटल हाजिर कोशेढुंगा सावित हुने भन्दै जुम्लाका सबै पालिकाले प्रविधिमैत्री सेवामा जोड दिनुपर्ने बताएका थिए ।

डिजिटल हाजिरीले कर्मचारीलाई नियमित गराउने आशा छ । भने,सबै कर्मचारी समयमै आउने र बेलुका ४ बजेपछि मात्रै घर जाने छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भन्नुभयो,“विहान ठिक १० बजे आएपछि बेलुका ४ नबजी हाजिरी गर्न पाईने छैन् । कसैले हाजिर गर्न खोजेपनि सप्टवयरले मान्दैन् । यसले गर्दा सेवा प्रवाहमा सुधार आउने आशा छ ।”

निर्वाचित सांसदलाई तातोपानी धारा व्यवस्थापन,भेरीखोला क्षेत्रमा बैंक स्थापना,गिडिदहको पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोग गर्न माग पत्र हस्तान्तरण गरिएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

डिभिजन हाजिरी भर्खर सुरुवात गरेको तातोपानीले प्रविधि मैत्री सेवा भने केहि महिना अघिबाटै सुरु गरेको थियो । सबै वडाबाट अनलाईन प्रणालीले कर संकलन,डिजिटल नागरिक बडापत्र,ईलेक्टोनिक बोर्ड लगायतका प्रविधिहरु संचालनमा आइसकेका थिए् । यदपी, बत्ति,राख्ने ठाउँको अभावले भने सबै प्रविधि नियमित संचालनमा समस्या रहेको पालिकाले जनाएको छ ।

सेवा प्रवाह विकास निर्माणका हिसाबले जिल्लाकै पहिलो र नमुना बन्ने होटमा रहेको तातोपानीले आफ्ना कामलाई छिटो छरितो र सेवालाई प्रविधि मैत्री बनाउन थालेको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज कठायतले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस