विपदकाे बेला राहत र उद्दारमा दिनरात खटिएका सुरक्षा निकाय सम्मानित

       जुम्ला । गत असाेज तेस्राे साता भएकाे अविरल वर्षापछि आएकाे बाढी पहिराेले निम्त्याएकाे विपदमा परेकाहरुकाे राहत उद्दार तथा पुर्नस्थापना गर्न सुरक्षा निकायले महत्वपुर्ण भुमिका खेले ।

बाढीले क्षत विक्षत भएकाे कर्णाली राजमार्ग विशेषगरी नेपाली सेनाकै जाेडताेड र सहयाेगले २० दिनपछि सडक खुलेकाे थियाे । सडकमा ब्लाष्टिङ गर्नेदेखि पर्खाल चिन्ने,पहिराे पन्छाउने,मानिसलाई उद्दार गर्ने सम्मका सबै काम नन्दाबक्स गण जुम्लाका सेना,शसस्त्र प्रहरी नेपालप्रहरीले गरेका थिए ।

अझ नन्दाबक्स गणले आफ्नाे कार्यक्षेत्र भन्दा बाहिर भएपनि छिटाे सडक खुलाउन जनतालाई राहत दिन ४० सेना सहितकाे क्याम्प राँचुलिमा स्थापना गरि सडक खुलाउन दिनरात नभनि खटियाे ।

उता कनकासुन्दरिमा ८ जनाकाे मृत्यु हुनेगरि घर भत्किदा,बाढिलेबाटाे अबरुद भएर खाधन्न अभाव हुदा नेपाली सेनाले पिठ्युमा खाने कुरा बाेकेर बाढि पहिराे छिचाेल्दै पैदल हिडि कनकासुन्दरी पुगेर राहत वितरण गर्याे ।


बाढिले बगाएका गुठिचाैर,हिमा,कनकासुन्दरी र ताताेपानीका दर्जनबढि काठेपुल तत्कालै निर्माण गरी आवतजावत समेत सहज बनाए ।

विपदका बेला यसरी जिल्ला भरी राहत उद्दार पुर्नस्थापनाका क्षेत्रमा दिनरात भाेक निद्रा नभनि खटिएकाे नेपाली सेना,शसस्त्र प्रहरी बल,नेपाल प्रहरीलाई एक कार्यक्रममा बीच सम्मान गरिएकाे छ । विपदमा पुराएकाे याेगदानकाे उच्च कदर गर्दै जिल्ला समन्वय समितिले सुरक्षा निकायलाई सम्मान गरेकाे हाे ।                          सम्मान पत्र दिदै,प्रतिनिधिसभा नवनिर्वाचित सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले जुम्लाकाे सुरक्षा निकायकाे याेगदान अतुलनिय रहेकाे बताए । कर्णालीमा आएर जनतालाई शान्ति सुरक्षा संगै राहत उद्दारमा नेपाली सेना,शसस्त्र,नेपाल प्रहरीकाे भुमिका प्रशंसा याेग्य रहेकाे उल्लेख गरे ।

नन्दाबक्स गण जुम्लाका गणपति रविन थापालाई विपदमा राहत उद्दारका कार्यमा जनशक्ति परिचालन सहित स्वयम् फिल्डमा खटेर जिल्लालाई बिपदबाट जाेगाउन महत्वपुर्ण भुमिका खेलेकाे भन्दै सम्मानपत्र प्रदान तथा दाेसल्ला ओड्याएर सम्मान गरिएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बताए ।


उनका अनुसार शसस्त्र प्रहरीका एसपी चित्रांगत दाहाल र नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्दलाई पनि विपदमा स्वयम् खटिनुका साथै जनशक्ति परिचालन गरि पुराएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएकाे छ ।

विपदमा आफ्नाे जिम्मेवारी पूरा गरेकाे भएपनि जिल्लाले सम्मान गरेर थप हाैसला प्रदान गरेकाे तीनै सुरक्षा प्रमुखहरुले बताएका छन् ।

जुम्लाकाे विपदमा सुरक्षा निकायले पुराएकाे याेगदानकाे जति प्रशंसा गरेपनि कम हुने भन्दै सुरक्षा नियकायलाई सम्मान गरि नयाँ कामकाे सुरुवात संगै हाैसला थपेकाेमा जिससलाई नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले धन्यबाद दिए ।

प्रतिक्रिया दिनुहोस