महिला शसक्तीकरणले फेरिदै आनीबानी र गाउँबस्ती

जुम्ला । जातिय विभेद,लैगिंक विभेद,छुई प्रथा,विकासमा सम्मान सहभागिता नहुनु,सम्मान कामको सम्मान ज्याला नपाउनु लगायतका विकृति दुरदराज गाउँमा अझै विद्यमान छन् । एक दशक पहिला सम्म महिलाहरु महिला भएकै कारण लैगिंक हिंसा,छुई प्रथा,छोरा पाउनै पर्ने बाध्यता लगायतका सामाजिक विभेदहरुको शिकार हुन बाध्य थिए ।
पुरुष प्रधान समाजका कारण गाउँबस्तीमा महिलाहरु अपहेलित हुनु पर्ने,अधिकार र नेतृत्व खोज्न समेत नसक्ने स्थित कायमै छ । पुरुष घुमेर खाने,महिला विहानदेखि साँझ पिल्सीनु पर्ने पृत्तीसत्तात्मक सोचको उत्पीडनमा कर्णालीका महिला विगतदेखि परेका छन् ।

तर ‘अचालोको पिर कुखुरीलाई थाहा हुदैन् भन्ने उखान’जस्तै महिला माथिका विभेद अन्त्य गर्न महिलानै जागरुक भएपछि जुम्लाका गाउँबस्तीको काँचुली फेरिको छ । महिलामाथि हुने विभेदका विषयमा महिलानै वकालत गर्न थालेपछि गाउँबस्तीमा पुरुषप्रधान सोच विलय हुन थालेको छ ।

सिंजा गाउँपालिका ३ चुलेलगाउँ, महिला शसक्तिकरणले फेरिएको एक नमुना गाउँ हो । जहाँ दशकौदेखि विद्यमान रहेको छुईप्रथा,जातिय विभेद र बालबिवाह न्युनिकरणको अभियान चलेको छ । चुलेलगाउँकी मनिषा आर्चाय भन्छन,“मान्छेका लागि गाउँघर पहिलो पाठशाला हो । तर महिलालाई गाउँघरमै हेप्ने,अबसर नदिने चलन विगतमा थियो । जसका कारण महिला पछि पर्यौ । अहिले क्याड नेपाल लगायतका संस्थाबाट शिक्षा पाउँदा नेतृत्व लिन सक्षम भएका छौ । गाउँघर सगै मन पनि सफा भएका छन् । मान्छेहरु सुधारिएका छन् । आनीबानीमा फेरबदल आएको छ । भने महिला पुरुष बराबर हुन भन्ने सोचको विषय समेत भएको छ ।”

सहकारी तथा संस्थाहरुको सहयोगले गाउँका दर्जनौ महिला व्यवसायमा जुटेका छन् । पुरुष सह्र महिला आर्थिक आम्दानी गर्न सक्षम छन् । विकास निर्माण देखि राजनीति नेतृत्वमा पनि महिलाहरु अग्रसर हुन थालेको चुलेलगाउँका पुर्णचन्द्र आर्चायले बताउनुभयो ।

उहाँले भन्नुभयो,“महिलाकै संघर्षले चुलेलगाउँ जूम्लाकै पहिलो बालबिवाह मुक्त गाउँ बन्ने तयारीमा छ । क्याड नेपालले महिना पिच्छै आर्थिक,सामाजिक रुपान्तरण र नेतृत्व विकासका लागि प्रेरणा दिएपछि महिला गाउँसुधारमा जुटेका हुन् ।”
चुलेल गाउँका महिलाले उमेर नपुगेर गाउँमा हुन लागेका ४ वटा बालबिवाह समेत रोेकेका छन् ।

पछिल्लो समय चुलेलगाउँ लगायत सिंजा क्षेत्रका अधिकांश महिला व्यवसायतिर उन्मुख हुन थालेपछि आर्थिक रुपमा समेत सक्षम भएका छन् । महिला शसक्तीकरण बिना समाज रुपान्तरण सम्भव छैन् । क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक गिरीराज अधिकारीले भन्नुभयो,“बाल छिटो तथा जबर्रजस्ती विवाह न्युनिकरण परियोजनाले हिमा,सिंजा र कनकासुन्दरीका महिलाहरुहरुको नेतृत्व विकास व्यवसायीक बनाउन विशेष जोड दिएको छ । महिला शसक्तिकरणमा अब स्थानीय सरकारले नीतिगत व्यवस्था गर्न समेत उत्तिकै जरुरी छ ।”

प्लानको सहयोगमा क्याड नेपालले सिंजा क्षेत्रका तीन पालिकाका २०१८ सालदेखि महिला सशक्तिकरण,बाल बिवाह न्युनिकरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले सिंजा क्षेत्रका महिलाको शसक्तिकरण,उद्यमशीलता विकास र जीविकोपार्जन, तथा अन्धविश्वास पुराना विकृती अन्त्यसंगै गाउँघरमा आएको सुधारका लागि क्याड नेपाल अन्य निकायले गरेका राम्रा काम प्रंशसनिय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस