दुर्गम गाउँका विरामी बोक्न ७० स्टेचर वितरण

जुम्लाका धेरैजसो दुर्गम गाउँमा सडक पुगेका छैन । सडक पुगेका गाउँमा पनि सवारी साधन गुड्दैनन् । सडक काटिएका ठाउँमा गएको असोज तेस्रो साता आएको वर्षाको बाढीपहिरोले छेदविछेद बनाएको छ ।
स्थानीय सरकार आईसकेपछि गाउँगाउँमा ग्रामीण सडक पुगेका छन् । गाउँ गाउँमा सडक पुगेपनि सवारी पुग्न भने अझै समय लाग्ने देखिन्छ । गाउँ जोड्ने खोलामा मोटरेबल पुल नबन्नु र निर्माण भएका सडक स्तरबृद्धि नहुँदा एम्बुलेन्स लगायतका सवारी अझै गाउँमा पुग्न सकेका छैनन् ।
अझै गाउँबाट स्वास्थ्यचौकी सम्म विरामीदेखि सुत्केरी लैजान स्टेचरको विकल्प छैन् । दुर्गम गाउँका लागि अहिले पनि स्टेचरनै स्तरीय सवारी हुन् । महिला स्वास्थ्य स्वयम् सेविका बेतलबी गाउँका विज्ञ डाक्टर हुन् । जुम्लाका अधिकांश गाउँमा अझै प्रयाप्त स्टेचर नहुँदा ढोकोमै विरामी बोक्नु पर्ने बाध्यता छ ।
तर जुम्लाको सिंजा गाउँपालिकाले भने पालिकाभरीकै बस्तीलाई राहत हुने गरी करिब ६ दर्जन स्टेरच वितरण गरेको छ । सडक पुगेका तर गाडी पुग्न नसकेका बस्तीका विरामी, सुत्केरीहरुको राहतका लागि स्टेचर वितरण गरिएको सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । वनपाखा, जङ्गलमा दाउरा घाँस काट्न जाँदा भिर र रुखबाट लडेरका विरामीलाई समयमै उद्दार गर्न टोल टोलमा पुग्नेगरी स्टेचर वितरण गरिएको छ ।
उनले भने, “एक महिला स्वयमसेविका,एक स्टेचर कार्यक्रम अन्तरगर्त वितरण गरिएको हो । सिंजा गाउँपालिकाका ७ वटा वडामा जम्मा ७४ जना स्वयमसेविका रहेकोमा ७० जनालाई स्टेचर दिइएको छ ।”
सिंजामा ३ वटामा स्वास्थ्य चौकी छन् । गाउँमा स्टेचर नभएको गुनासो धेरै आएपछि पालिकाको लगानीमा स्टेचर वितरण गरिएको अध्यक्ष धितालको भनाई छ ।
गाउँमा सारो गारो पर्दा स्वास्थ्य चौकीसम्म तत्काल पुराउन स्टेरले विशेष सहयोग पुराउने आशा गरिएको सिँजा गाउँपालिकाका स्वास्थ्य संयोजक ललितजङ्ग रोकायाले बताए । उनका अनुसार सिँजा गाउँपालिका भित्र सबै बस्तीमा सडक बाटो पुगेता पनि सहजै एम्बुलेन्स जान नसक्ने भएकोले टोल बस्तीमा राहतका लागि टेचर दिएको हो ।
स्टेचर पाएपछि सिंजाका महिला स्वयम सेविका खुसी भएका छन् । गाउँमा स्टेचर नहुँदा झन्झट थियो । विरामीलाई स्वास्थ्य चौकी पुराउन मुस्किल हुन्थ्यो । उनले भनिन, “अब विरामीलाई समयमै स्वास्थ्य चौकी पुराउन सहज हुने छ । विगतको जस्तो लापरबाहि नगरी स्टेचरको सुरक्षामा ध्यान दिनुपर्छ ।” जुम्लाका दुर्गम गाउँमा स्टेचर अभावले डोकोमै बोक्नु पर्ने बाध्यता छ । सडक पुगेपनि गाडी नपुग्दा नागरिकका दुखले अझै मुक्ती पाएका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस