पत्रकार महासंघ जुम्लाको साधारणसभा मंसिर २१ गते तातोपानी धारामा हुने

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाको १९ औँ वार्षिक साधारण सभा तातोपानी गाउँपालिका वडा नंं २ स्थित तातोपानी धारामा हुने भएको छ । जुम्लामा महासंघ स्थापनाको एतिहासमै पहिलो पटक सदरमुकाम भन्दा बाहिर साधारण सभा हुन लागेको हो । आईतबार एक विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ जुम्लाको साधारण सभा आगामी मंसिर २१ गते हुने जानकारी गराइएको छ ।

जिल्लाकै पर्यटकिय गन्तव्यका रुपमा रहेको तातोपानी धाराको पर्यटन प्रर्बद्धन,प्रचार प्रशार,पर्यटकको आगमनमा बृद्धि गरी पालिकाको आर्थिक समृद्धीमा टेवा पुराउने लक्ष्यका साथ महासंघको १९ औँ वार्षिक साधारण सभा तातोपानी धारामा गर्न लागिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।

उनका अनुसार १९ औँ साधारण सभा आगामी मंसिर २१ गते तातोपानी धारामा हुने छ । साधारण सभाका लागि आर्थिक सहयोग गरेको तातोपानी गाउँपालिका मुख्य प्राययोजकका रुपमा रहेको छ ।

महासंघको साधारण सभा मार्फत पर्यटकिय क्षेत्र तातोपानी धारामा समग्र मुलुककै ध्यान केन्द्रित गर्ने लक्ष्य राखिएको छ । महासंघका पूर्व पदाधिकारी,पुर्व कार्यसमिति,केन्द्रिय परिषद सदस्य तथा वर्तमान पदाधिकारी,कार्यसमिति,जिल्ला स्थित सरोकारवाला लगायत अनुमानित २ सयजना बढीको सहभागिता गराउने लक्ष्य राखिएको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले जानकारी दिए ।

उनका अनुसार साधारण सभा आउन ३ दिन मात्र बाँकी रहँदा तयारीलाई तिब्र पारिएको छ ।

यस्तो विज्ञप्ती…….
पर्यटकिय क्षेत्र प्रस्तुत बिषयमा नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाको स्थापना २०६० सालमा भएको थियो । महासंघका सस्थापक तथा अग्रजहरुले स्थापना गरेको जुम्लाको महासंघ अहिले विभिन्न वाधा अवरोधका विचमा स्थापित हुदै यो स्थानमा आएको छ ।
हाल महासंघ जुम्लामा १८ सदस्यीय कार्यसमिति, ७ जना प्रदेश परिषद सदस्य र ३ जना केन्द्रीय परिषद सदस्य रहेका छन् । महासंघ जुम्लाको तर्फबाट २ जना प्रदेश कार्यसमिति समिति सदस्य समेत रहेका छन् । महासंघ जुम्लाले दुई पटक केन्द्रीय समितिमा प्रतिनिधित्व समेत गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको सकुलर अनुसार साधारणसभा गर्नुपर्ने र महासंघको केन्द्रीय साधारणसभा पहिलो पटक कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतमा २०७९ पुष ८ र ९ गते हुने जानकारी समेत प्राप्त भएको ।
यस अगावै हाम्रो जिल्ला जुम्ला महासंघको १९ औ बार्षिक साधारणसभा मिति २०७९ साल कात्तिक २१ गते बसेको जिल्ला कार्यसमितिको वैठकले गरेको निर्णय अनुसार सदरमुकाम बाहिर महासंघ स्थापना काल देखी हाल सम्म पहिलो पटक तातोपानी गाउँपालिका २ स्थित जर्मिगाउको तातोपानी धारामा २०७९ साल मंशिर २१ गते विहान १०ः३० बजे साधारणसभा गर्ने निर्णय भएको जानकारी गर्दछौ ।
यस ऐतिहासिक अवसरमा तातोपानी धारा जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रमध्यको एक भएकाले तातोपानीको पर्यटकीय प्रवर्धनमा मिडिया मार्फत उजागर गर्नका लागि सो स्थानमा महासंघको साधारणसभा तथा मिडिया सम्मेलन नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजना तथा तातोपानी गाउँपालिकाको सहयोगमा गरिने जानकारी गराउदै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका कार्यसमिति सदस्य, प्रदेश कार्यसमिति सदस्य, प्रदेश परिषद सदस्य, केन्द्रीय परिषद सदस्य, सम्पूर्ण साधारण सदस्य, पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीहरु सहित जिल्ला स्थित सम्पूर्ण पत्रकारहरु, सवै सरोकारवाला निकाय सहित सवैमा जानकारी गराउदछौ ।
यस अवसरमा सदरमुकाम वाहिर गरिने महासंघको साधारणसभामा महासंघका सम्पूर्ण साधारणसदस्यहरुलाई तातोपानी गाउँपालिका २ जर्मिगाउँ स्थित कार्यक्रम स्थल तातोपानी धारामा २०७९ साल मंशिर २० गते वेलुकी उपस्थित हुन औपचारिक जानकारी समेत गर्दछौ । तातोपानी धारामा हुने यो कार्यक्रमले जिल्लाकै पर्यटकीय सम्भावना वोकेको तातोपानी धाराको पर्यटन प्रवर्धन, प्रचार प्रसार, व्यवस्थान तथा पर्यटकीय आगमनमा उल्लेखनीय बृद्धि गरी पालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस