पर्यटकिय गन्तव्य तातोपानीःसमृद्ध पालिकाको आधार,पर्यटक बढाउन प्रचार प्रशारमा जोड

जुम्ला । जुम्ला पर्यटकिय हिसाबले प्रचुरसम्भावना बोकेको जिल्ला हो । धार्मिक,सांस्कृतिक,एतिहासिक तथा प्राकृतिक पर्यटकिय सम्भावना छन् । पर्यटकिय सम्भावना र स्रोतले दृष्टीले पनि जिल्ला आठ पालिका मध्य तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै तेस्रो ठुलो ताल(गिडिदह) देखि थुप्रै प्राकृतिक पर्यटक गन्तव्य छन् ।

जस मध्य तातोपानी धारा पर्यटकको आर्कषण केन्द्र बन्दै गएको पाईन्छ । जुम्लाका पातारासी हिमाल,छुमचौर ज्युलो,चन्दनाथ मन्दिर,गुम्बा गुठिचौर पाटन,गिदिदह लगायत सयौ पर्यटकिय गन्तव्य मध्य एक आकर्षक पर्यटन गन्तव्य हो तातोपानी धारा ।

यहि तातोपानी धाराकै कारण हिजो गाविस देखि अहिले गाउँपालिकाको नाम तातोपानी रहन गएको छ । यो क्षेत्र तातोपानी गाउँपालिका २ जर्मी गाउँमा अबस्थि छ । कर्णाली राजमार्गको यात्रा गरी रजमार्गबाट २ मिनेट ओरालो झर्दा भेटिन्छ ।

माइनस तापक्रममा बग्ने तिला नदीको छेउमा अवस्थित तातोपानी धारा बाह्रै महिना तातोपानी बग्छ,अझ हिउँदको समयका लागि निकै उपयुक्त मानिने उक्त तातोपानीमा दैनिक ४ सयदेखि ५ सय सम्म आन्तरिक पर्यटक आउने गरेका छन् । मंसिर देखि माघ सम्मको तीन महिलालाई सिजनका रुपमा लिने गरिन्छ ।

आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको तातोपानी प्रचार प्रशारको कमि,पूर्वाधार र व्यवस्थापनको अभावले पालिकाले अपेक्षित लाभ लिन सकेको छैन् । बारुद गन्हाए जस्तो गन्ध आउने उक्त पानीमा नहुँदा हाडजोर्नी,बाथ रोग,नसा रोग,ग्याष्ट्रिक,पेट दुख्ने लगायतका रोगको निवारण हुने विश्वासले पनि तातोपानी धारामा पर्यटकको घुइचो लाग्ने गरेको गरिन्छ । तर पूर्वाधार अभाव,प्रचारको कमीले भने तातोपानी अझै गुमनाम जस्तै देखिन्छ ।

पालिका समृद्धीको आधार मानिने तातोपानीमा पर्यटकको आगमन बृद्धि गर्न गुरुयोजनाका माध्यमबाट बाह्य र आन्तरिक लगानी भित्राउन जुटाउन आबश्यक छ ।

पर्यटन प्रर्बद्धनगर्न धारामै महासंघको साधारणसभा
नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ बार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलन ७ बदेँ घोषणापत्र जारी गर्दै तातोपानी धारामा सम्पन्न भएको छ । महासंघ स्थापनाको एतिहासमा पहिलो पटक सदरमुकाम भन्दा बाहिर गएर तातोपानी २ स्थित पर्यटकीय क्षेत्र तातोपानी धारामा साधारण सभा भएको हो ।

तातोपानीको पर्यटन प्रर्बद्धन,पर्यटकको आगमनमा बृद्धि,प्रचार प्रशारमा जोड दिन र समृद्ध पालिका बनाउने उदेश्यले तातोपानी धारामा महासंघ साधारण सभा गरिएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,“गुमनाम गिडिदहको प्रचारमा जुम्ली मिडियाले उल्लेखीय भुमिका खेल्यो । अब तातोपानीको पर्यटन प्रर्बद्धनमा मिडियाले उजागर गर्ने छ । साधारण सभाले पर्यटन प्रर्बद्धनमा कोशे ढुंगा सावित हुने विश्वास छ ।”

आर्थिक समृद्धीको प्रचुर सम्भावना बोकेको तातोपानीको विकासमा राज्यको ध्यान केन्द्रित गर्न तथा पर्यटक बृद्धि गर्नेमा आशा पलाएको स्थानीय धन बहादुर बुढाले बताउनुभयो । संघ प्रदेशबाट उपेक्षा रहेको तातोपानीका सम्भावनाले अब अबसर पाउने र लगानी जुट्ने उहाँको विश्वास छ ।

तातोपानी समृद्धीका मार्ग भनेकै पर्यटन हो । तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले भन्नुभयो,“गिडिदह र तातोपानीमा पूर्वाधार निर्माण,प्रचार प्रशार गरी पर्यटक भित्राउने सकिने सम्भावना छ । पर्यटन प्रर्बद्धनका लागि संघ प्रदेशबाट लगानी जुटाउन पहल भईरहेको छ ।”

विकास निर्माण तथा अन्य जनहितका काममा महासंघसँग समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाईने समेत अध्यक्ष चौलागाईले उल्लेख गर्नुभयो । गत असोजमा गरिएको गिडिदह सम्मेलनबाट गिडिदहको प्रचार प्रशारमा मिडियाले खेलेको अप्रत्यासी भुमिकाको प्रशांसा गर्दै अब तातोपानीलाई राष्ट्यि र अन्तराष्ट्यि जगतमा उजागर गर्न कलम चल्ने विश्वास व्यक्त गर्नुभयो ।


सात बुदे घोषणापत्र जारी

महासंघको आयोजना तथा तातोपानी गाउँपालिका जुम्लाको सहयोगमा सम्पन्न भएको बार्षिक साधारणसभा तथा तातोपानी मिडियो सम्मेलनले ७ बुद्धे घोषणा पत्रसमेत जारी गरेको छ । जुम्ली पत्रकारहरुको हक, हित संरक्षण,पेशागत सुरक्षाको लागि पहल,पत्रकारको सुरक्षाको सुनिश्चतता,राष्ट्रिय मिडियामा कार्यरत क्रियाशिल कर्णालीका स्टेञ्जर पत्रकारलाई तलवी बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै दुर्गम क्षेत्रका पत्रकारहरुलाई क्षमता अभिबृद्धिका कार्यक्रममा जोड दिन र स्थानीय सञ्चार माध्यामको लोककल्याणकारी विज्ञापनमा दुर्गमका संचार माध्यामलाई दोब्बर बढि सहित प्राथमिकता दिने माग सहित ७ बुदे घोषणापत्र जारी गरिएको महासंघका सचिव मानदत्त रावलले बताउनुभयो ।
फोटो क्याप्सनःतातोपानीधारामा गरिएको पत्रकार महासंघको पहिलो साधारण सभा । तस्बिरः सागर परियार ।

प्रतिक्रिया दिनुहोस