इन्सेकद्वारा लैंगिक हिंसा बिरुद्ध बालिकालाई चेतनामुलक कार्यक्रम


जुम्ला ः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका –२ स्थित कर्णाली माध्यामिक विद्यालयमा २० वर्षमुनिका बालिकाहरुलाई लैंगिक हिंसा बिरुद्ध मङ्सिर २३ गते सचेतीकरण गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार रक्षक सञ्जाल जुम्लाको आयोजनामा बालकालिकालाई लैंगिक हिंसा बिरुद्ध वरिष्ठ अधिवक्ता देवेन्द्रराज शर्माले सचेतीकरण गर्नु भएको हो ।
वरिष्ठ अधिवक्त सर्माले बालअधिकार, घरेलु हिंसा, बालविवाह, बहुविवाह, बालिकाहरु माथि हुने यौन हिंसा र बलात्कार घटनाका बारेमा सहजीकरण गर्नुभयो । यस्ताबाट बच्ने उपाय र कानुनी उपचारका विषयमा बालिकालाई सचेतीकरण गरिएको उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले विद्यालयका पाठ्क्रमसहित अन्य ज्ञानमुलक कुरा पनि पढ्नु पर्ने र सचेत हुनु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो अहिलेको डिजिटल युगमा धेरै संचार माध्यामबाट जीवन उपयोगी ज्ञान लिन सकिन्छ । ज्ञान मुलक कुरालाई जीवनमा कार्यन्वयन गर्नु पर्दछ ।
पछिल्लो समयमा डिजिटल माध्यम दुरुपोग गर्ने गरिएको उहाँले बताउनु भयो । यसबाट बालकालिका सचेत हुन जरुरी छ । बालबालिका लागुपदार्थमा फस्ने गरेका छन् । यो अवस्थामा अभिभावक पनि सचेत हुन जरुरी छ ।
लैंगिक हिंसा बिरुद्धको चेतनामुलक कार्यक्रममा कर्णाली माध्यामिक विद्यालयकी अध्ययनरत छात्रा प्रतिक्षा बुढ्थापाले भन्नुभयो धेरै कानुनी कुरा पाठ्यक्रममा समेटीएका हुदैन । यस्तै चेतनामुलक कार्यक्रमबाट हामी जानकारी लिनु हाम्रै लागि फाइदा हुन्छ । कार्यक्रममा ३५ जना बालिकाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस