स्वास्थ्य संस्थामा उपकरण प्रयोगबिहिन, बिरामी मर्कामा


नन्दराम जैशी

जुम्ला ः हिमा गाँउपालीकामा पर्ने कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोग नभएरै खिया लागेका छन् । तिन सैयाको सुविधिा सम्पन्न स्वास्थ्य केन्द्रमा बिरामि चेकजाँचमा सहजताका लागी भनेर पटक पटक खरीद गरीएका लाखौ लाखका स्वास्थ्य उपकरणहरु प्रयोग नभएरै खिया लागेका हुन् । विधुत् समस्याका कारण स्वास्थ्य केन्द्रमा रहेका सबै उपकरण्हरु प्रयोग बिहिन हुँदा बिरामिले सास्ती खेप्नुपरेको हेल्थ असीस्टेन हंश महताराले बताए ।

उनका अनुसार नेबुलाईजेसन, ईन्फाण्ट अर्मर, माईक्रोस्कोप, बायो क्यामेस्ट्री एनालाईजर मेसिन, क्यालोरी मिटर, सेन्ट्री फ्युज, एक्सरे मेसिन, फ्रिज, ल्याव्रेटरी मेसिन लगाएतका महत्वपुर्ण उपकरणहरु विधुतिय समस्याले प्रयोग नगरेरै थन्काईएका छन् ।

‘स्वास्थ्य केन्द्रमा दैनिक ५० बढि बिरामि आँउछन्, सामान्य ओपिडि सेवा बाहेक अरु बिरामि चेकजाँच गर्न समस्या छ, भएका उपकरण प्रयोग बिहिन हुँदा आफुले सिकेको सिप पनि बिर्सीदै गएको छ’ ल्याव असीस्टेन निर्मल काफ्लेले भने, सामान्य दिसा, पिसा, रगत, खकार जाँच गर्नुपर्ने बिरामि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्नुपर्छ, यहाँ २ सयले हुने काम बिरामिले प्रतिष्ठानमा जाँदा, आँउदा ४÷५ हजार खर्च गर्ने गरेका छन् ।

बर्थिङ सेन्टर समेत संचालनमा रहेको उक्त स्वास्थ्य केन्द्रमा प्रसुती सेवा लिन आउनेहरुको संख्या बढ्दै गएपनि सुरक्षित प्रसुतीपछि नवजात शिशुलाई न्यानो बनाउने ईन्फाण्ट अर्मर मेसिन संचालनमा नआँउदा समस्या बढ्दै गएको अनमि देवकी खड्काले बताईन् । स्वास्थ्य केन्द्रमा तालिम प्राप्त स्वास्थ्यकर्मि र सामाग्रि भएपनि त्यसको उचित प्रयोग हुननसक्दा बिरामि रेफर गर्न बाध्य भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
‘घर नजिकै रहेको स्वास्थ्य केन्द्रबाट विशषज्ञ सेवा पाउने आशा थियो, तर सामान्य घाउ ड्रेसिङ गर्न पनि प्रतिष्ठानमा जान बाध्य छौ, स्थानिय तहपछि स्वास्थ्य केन्द्रको हालत अझैँ विग्रीएको छ’ सेवाग्राही कालि बहादुर शाहिले भने,

स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नन्दबहादुर रावतले तत्काल स्वास्थ्य केन्द्रमा विधुतिय समस्या समाधानका लागी पहल गर्ने बताएका छन् । उनले भने, ‘गाँउपालीका तथा अन्य निकायमा यो समस्या राख्नेछुँ, र आगामि आर्थिक बर्षसम्म आवाश्यक बजेटको ब्यवस्था गरी उपकरणहरु संचालन गरेर विरामिलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरीनेछ’ ।

२ जना एमबिबिएस डाक्टरसहित १२ जना कर्मचारी दरबन्दी रहेको कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा एक जना बाल विशषज्ञ डाक्टर माग गरीएको छ । प्रयोग बिहिन भएका उपकरण संचालनका लागी जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य संघसंस्थासँग सोलार ब्याकपको माग गरीएपनि सुनुवाई नभएको हेल्थ असीस्टेन हंश महताराले बताए ।

तपाईको प्रतिक्रिया