सिंजाको नराकोटमा ग्रामीण अल्ट्रा साउण्ड स्थाापना

पश्चिम नेपालकै ठुलो सुविधा सम्पन्न अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सदरमुकाम खलंगामा रहेको छ । कर्णाली प्रदेशको माथिल्लो कर्णाली विशेषगरी मुगु, कालिकोट, डोल्पासहित सेवाग्राही जुम्लाको प्रतिष्ठानमा उपचार गर्न आउने गर्दछन् । कोरोना संक्रमणको बेला नेपालगज्ज सुर्खेत र सुदुरपश्तिम प्रदेशका अछाम बाजुरा जिल्लाका नागरिक पनि जुम्लामै उपचार गर्न आउने गरेका थिए ।

जुम्लाका ग्रामीण भेगका गर्भवती महिला भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण गर्नका लागि हप्ता दिनको समय लिएर प्रतिष्ठानमा जाने गरेका थिए । चौधविस, पानसय र सिंजा भेगका ग्रामीण क्षेत्रका गर्भवती महिला भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षणका लागि प्रतिष्ठानमा आउने गरेका हुन् ।
संघीयतापछि स्थानीय सरकार आएदेखि ग्रामीण क्षेत्रमै विशेष गरी गर्भवती महिलाकै लागि भिडियो एक्सरे ग्रामीण अल्ट्रा साउण्ड परीक्षण स्थानीय स्तरकै स्वास्थ्य चौकीमा स्थापना भएका छन् ।


सिंजा गाउँपालिका जुम्लाले नराकोट स्वास्थ्य चौकीमै गर्भवती महिलाका लागि भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण स्थापना गरेको छ । यसले स्थानीय स्तरमै गर्भवती महिलालाई बच्चा उल्टोसुल्टो भएको पाठेघरमा बच्चा बसे नबसेको सवै परीक्षण गर्न सहज भएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक तलित रोकायाले बताए । उनले भने सिंजा क्षेत्रमा तीन वटा पालिकाको केन्द्रमा रहेको नराकोटमा भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण स्थापना गरिएको हो ।
अघिल्लो वर्ष नै कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा पनि भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण राखिएको छ । गर्भवती महिलाको अवस्था परीक्षण गर्ने काम भईरहेको स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले बताए ।
नराकोटमा प्रयोगशाला पनि स्थापना


यस्तै सिंजा गाउँपालिकाले नराकोट स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याव) पनि स्थापना गरेको छ । प्रयोगशालामा आधुनिक एनालाइजर उपकरण जडान गरिएको स्वास्थ्य शाखा संयोजक रोकायाले बताए । उनले भने यसअघि यहाँका नागरिक प्रयोगशालाको सेवा लिनका लागि खलंगामा रहेको प्रतिष्ठानमा जाने गरेका थिए । अव सेवाग्राही यो समस्याबाट मुक्त भएका छन् । प्रयोगशालामा दिसा, पिसाव, खकार, कजेलो मृगौलाको एएनसी प्याकेज पनि परीक्षण हुन्छ ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सिंजा क्षेत्रको नराकोटमा एकीकृत सेवा प्रणालीको व्यवस्थापन गरेका छौँ । उनले भने नरोकोट स्वास्थ्य चौकीमा स्वास्थ्य तर्फ प्रयोगशाला र गर्भवति महिलाका लागि भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षणको स्थापना गरेका छौँ । यसअघि आँखा उपचार केन्द्र स्थापना भईसकेको छ । नागरिकता पनि यही नराकोटको इलाका प्रशासन कार्यालयबाटै वितरण हुने गरेको छ । अव निकट भविश्यमै मालपोत र नापी कार्यालय स्थापनाका लागि पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस