हिउँदे गाउँसभाःविकास र सेवा प्रवाहको अग्रस्थानमा हिमा कायमै,३ वटा ऐन कानुन पारित


जुम्ला । हिमा गाउँपालिकाको १३ औँ हिउँदे गाउँसभा सकिएको छ । विभिन्न ऐन,नियम र कार्यविधि पारित गर्दै,साढे ७ महिनाको अवधिमा भएका प्रगतीको समिक्षा र नमुना पालिका बनाउने संकल्प गर्दै गाउँसभा सम्पन्न भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो ।

उहाँका अनुसार हिमाको १३ औँ हिउँदे गाउँसभाबाट ३ वटा ऐन कार्यविधि पारित भएका छन् । जसमा युवा विकास समिति नियम २०७९,निर्माण व्यवसायिक कार्यविधि, २०७९ र निर्माण व्यवसायि ऐन, २०७९ गाउँसभाबाट पारित भएको अध्यक्ष शाहीले जानकारी दिए ।

जुम्लाका ८ पालिका मध्य हिउँदे गाउँसभा गर्ने हिमा दोस्रो पालिका हो । पालिका भित्रका युवाहरुलाई रोजगारी सृजना,उद्यम विकास,गुणस्तर एव्म आबश्यकतामुखी मा पूर्वाधार निर्माणलाई निरन्तरता,कार्यसम्पादनमा प्रभावकारीता,छिटो छरितो सेवा प्रवाहदेखि ७ वटै वडा कार्यालयबाट जग्गा रजिष्ट्रेशन सेवालाई प्रभावकारी बनाईने लगायतका विषयमा सबै जनप्रतिनिधि एकमत भएर लाग्ने संकल्प भएको समेत अध्यक्ष शाहीले उल्लेख गरे ।

उनले भने,“हिमा सरकारले सात महिनाको अवधिमा ३ पटक विभिन्न स्वास्थ्य शिविर चलाएको छ । गाउँमै विपन्न नागरिकले विशषेज्ञ उपचार पाएका छन् । विकास,सेवा प्रवाहमा हामी कर्णालीकै नमुना र उदाहरणिय पालिका बन्ने संकल्प र अठोटमा छौ । सोही अनुसार हामी नियमित काम भईरहेका छन् ।”

करारका कर्मचारीहरुको म्याद थप,प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन,कर्मचारी प्रोत्साहनको व्यवस्था,मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट आएका योजनाहरुको कार्यान्वयन गर्ने लगायतका विषयहरु क्र्मचारी जनप्रतिनिधिबी समन्वय भएर काम गर्ने निर्णयहरु समेत गाउँसभाबाट पारित भएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताउनुभयो ।

हिमाका चार सय ४३ घरपरिवारको माटोको छाना फरिदै छ । भने सातवटै वडा कार्यालय आफ्नै भवमा छन् । गाउँपालिकाको प्रशासकिय भवन निर्माण प्रक्रिया पनि अघि बढेको छ ।
पालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष रतनवहादुर शाहीले हिमाका नागरिको अपेक्षा अनुसार काम भईरहेको बताउनुभयो । गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म रहेको बैँकसम्म सामाजिक सुरक्षा भत्ता बुझ्न आउने जेष्ठ नागरिकलाई निशुल्क यातायात सेवा दिएको वडाध्यक्ष शाहीको भनाइ छ ।

हिमावासिको आवश्यकता,चाहाना अनुसारको विकासलाई जोड दिईने हिमा सरकारले जनाएको छ । साढे ७ महिना कार्यशैली हेर्दा हिमा गाउँपालिका जिल्लाकै अग्रपक्तीमा छ । यही गतीलाई पाँच वर्ष सम्म कायम राखे अबश्य पनि संघियताको औचित्य पुष्टी हुनुका साथै स्थानीय तह घरदैलोको सरकार आएको समेत नागरिकले महसुश गर्ने छन् । यखदी हिमाका अध्यक्ष लक्ष्मण शाहीले सातमा गरेका विभिन्न गतिविधिबाट हिमाबासी भने निकै खुसी छन् ।

यस्तो छ हिमा सरकारका हाल सम्मका प्रगती…..

प्रतिक्रिया दिनुहोस