उत्कृष्ट कर्मचारीका रुपमा चन्द र बुढा सम्मानित


जुम्ला । ताताेपानी गाउँपालिकामा कार्यरत दुई जना सर्वाेउत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । गाउँपालिकाकाे १२ ओैँ गाउँसभाकाे अबसरमा विहिबार ताताेपानीका प्राविधिक शाखा प्रमुख (ईन्जिनियर) डिल्ली बहादुर बुढा र याेजना शाखाका अधिकृत छैटाे ओम बहादुर चन्द सम्मानित भएका हुन् ।

दैनिक कार्यसम्पादन,सेवा प्रवाह लगायत अन्य काममा उत्कृष्ट गरेकाे भन्दै दुई कर्मचारी लाई गाउँसभाकाे भव्य समाराेहमा सम्मानित गरिएकाे हाे ।

गाउँसभा उद्घघाटन शत्रका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद बिनिता कठायत,गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाई,उपाध्यक्ष रेवती रावल,प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायतले संयुक्त रुपमा जनही नगद १० हजार सहित ढाका टाेपी लगाईदिएर सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

पालिकाकाे विकास निर्माण,सेवा प्रवाह लगायत अन्य काममा उत्कृष्ट कार्यसम्पादन गरेकाेमा सम्मान गरिएकाे र यस्ता कार्यले अन्य कर्मचारीमा हाैसला प्रदान गर्ने गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले बताए ।

यता सम्मानित कर्मचारी चन्द र बुढा विगत लामाे समयदेखि ताताेपानीमा कार्यरत छन् । ईन्जिनियर बुढा जुम्ला चन्दननाथ ३ का स्थानीय हुन भने,अधिकृत छैटाै चन्द छिमेकि जिल्ला डाेल्पा निवासी हुन्।

सम्मानले जनताकाे काममा खटिएर लाग्ने, थप जिम्मेवारी सहित हाैसला थपिएकाे द्दाेय सम्मानित दुबै कर्मचारीकाे भनाई छ । सम्मान,हाैसला कार्यस्थलका खटिने कर्मचारीका लागि ठुलाे सम्पत्ति भएकाे समेत बताएका छन् ।

कर्मचारीकाे प्राेत्साहनका लागि पालिकाले सम्मानित गर्ने कार्यकाे थालनि गरेकामा कर्मचारि उत्साहित छन् ।

ताताेपानीमा उकृष्ट कर्मचारी र पत्रकार सम्मानित गर्ने कार्यकाे थालनी निवर्तमान प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाकाे पाला ११ ओैँ गाउँसभाबाट सुरु भएकाे हाे । यदपी, १२ओैँ गाउँसभामा भने पत्रकारलाई सम्मानित गरिएकाे छैन् ।

प्रतिक्रिया दिनुहोस