६ महिना यता जुम्लामा ४ करोड राजस्व संकलन


सागर परियार,
जुम्ला ःआर्थिक बर्ष २०७४÷०७५ को पुस ससान्तसम्म ३ करोड ९१ लाख १७ हजार रुपैया राजश्व संकलन भएको छ । १ दिनमा कर तिर्नको लागि ३० देखि ५० जना सेवाग्राही आउने गरेको करदाता सेवा कार्यालय जुम्लाले जनाएको छ । जिल्ला करदाता सेवा कार्यालयमा पहिलो चौमासिकमा जम्मा भएको राजश्वमा आय करमा १ करोड ५९ लाख ९१ हजार, बहाल कर १० लाख ८ हजार, व्याज कर १ लाख ९ हजार, मुल्य अभिबृद्धि कर (आन्तरिक) ८२ लाख ४४ हजार, अन्त शुल्क कर (आन्तरिक) १९ लाख १६ हजार र शिक्षा सेवा शुल्क करमा १५ हजार ९ सय र अन्य कर गरे जम्मा २ करोड ७२ लाख ८५ हजार ५ सय ८१ रुपैया राजश्व संकलन भएको कर अधिकृति खडानन्द खत्रीले बताए ।

कहिले काँही कार्यालयमा एक जना मात्र कर्मचारी हुदाँ एक्लै भ्याइन भ्याइ हुने र एक दिनमा २० देखि ५० जना सम्म सेवाग्राही कार्यालयमा सेवा लिन आउने गरेका छन् । नयाँ उद्योग दर्ता गर्ने र कर तिर्ने सेवाग्राहीको भिड हुने गर्दछ । कार्यालयमा हाल ५ जना कर्मचारी कार्यरत छन् । २ जना स्थायी र ३ जना करारका कर्मचारी रहेका छन् । गत वर्षको तुलनामा यो वर्ष पहिलो चौमासिकमा नै दोब्वर राजश्व संकलन भएको करदाता सेवा कार्यालय जुम्लाले जनाएको छ । भने, पहिलेको भन्दा पछिल्लो समय करको दायरामा आउने हरुको संख्या बढ्न थालेको छ ।

कर छल्ने चार ट्यूसन सेन्टर कारबाहीमा  अबैध रुपमा संचालन गरिएका जुम्लाका चार ट्यूसन सेन्टर कारवाहीमा परेका छन् । स्थायी लेखा प्यान नम्बर नलिएर संचालन गरिएका ट्यूसन कारवाहीमा परेका हुन् ।  जुम्लामा सञ्चालित ट्युसन सेन्टरहरुको प्रहरी प्रसासन, उद्योग विकास घरेलु, करदाता सेवा कार्यलय, जिल्ला शिक्षा कार्यलय र सञ्चारकर्मीहरुको संयूक्त अनुगमन टोलीले सञ्चालित अधिकासं ट्यूसन सेन्टरहरुले स्थायी लेखा प्यान नम्बर नलिएको भेटिएका हुन् ।

कारवाही पर्ने ट्यूसन सेन्टरहरु डाईनामिक ट्युसन सेन्टर, चन्दननाथ कोचिङ् ट्युसन सेन्टर, न्युमिशनको न्युभिजन ट्युशन सेन्टर र ब्राईड फ्युचर ट्युसन रहेका छन् ।  अनुगमन टोलीले प्यान नम्बर नलिने ट्यूसन सेन्टरहरुलाई कारबाही गरेको करदाता सेवा कार्यालय जुम्लाका कर अधिकृत खत्रीले बताए । उनका अनुसार क्रम डाईनामिक ट्युशन सेन्टरलाई २० हजार, न्युमिशनको न्युभिजन ट्युशन सेन्टर र ब्राईड फ्युचर ट्युशन सेन्टरलाई ५÷५ हजारका दरले जरिवाना तोकिएको छ भने चन्दननाथ कोचिङ सेन्टरले आफ्नै विद्यालय भित्रका विद्यार्थी र शिक्षकले न्यून शुल्क लिएर संचालन गरिएको र व्यवसायिक रुपमा नदेखिएकोले कारवाही नभएको हो ।

जिल्लामा सञ्चालन गरिएका ७ वटा ट्युशन सेन्टर मध्ये ३ वटाले मात्र स्थायी लेखा नम्बर लिएर सञ्चालनमा रहेका अनुगमन टोलीले बताएको छ । जरिवाना तोकिएका ट्युसन सेन्टरहरुले ७ दिन भित्र जरिवाना बुझाई स्थायी लेखा प्यान नम्बर पनि लिई सक्नु पर्ने अधिकृत खत्रीले बताए ।

प्रकाशित मिति ः बुधबार १७ माघ २०७४

तपाईको प्रतिक्रिया