गाउँमा आगलागी नियन्त्रण गर्ने तरिका सिकाउदै सशस्त्र प्रहरी

जुम्ला ः गतवर्ष यति बेला भारी हिमपात भएको थियो । यसबर्ष माघ महिनाको पहिलो सातासम्म हिमपात भएको छैन । सुख्ख मौसमले खडेरी परेको छ । खडेरीमा आललागी हुने बढी सम्भावना हुन्छ । खडेरीमा सम्भावना बढी हुने भएकोले शसस्त्र प्रहरी बल जुम्लाले गाउँमा सचेतीकरण गर्ने गरेको छ । चन्दनननाथ नगरपालिका १० गैरागाउँमा शसस्त्र प्रहरीले आगलागी नियन्त्रण गर्ने तरिका सिकाउदै सचेतीकरण गरेको हो ।
शसस्त्र प्रहरी बल ३३ नम्बर गणले २२ औँ स्थापना दिवसको पूर्वसन्धाहमा गैरागाउँमा नमुना आगलागी भएको घरमा नियन्त्रण तथा आगो निस्किएको ग्यास सिलण्डिर निभाउने बिषयमा सचेतनामुलक कार्यक्रम गरेको हो ।
सशस्त्र प्रहरीले सयौँ नागरिकको बिचमा सो सचेतना मुलक नमुना अभ्यास प्रदर्शन गरेको हो । नमूनाको रुपमा तयार पारिएको घरमा लागेको आगो नियन्त्रण कसरी गर्ने, घरमा भएका मानिसहरुलाई कसरी उद्धार गर्ने बिषयमा अभ्यास गरि सर्वसाधारणलाई सचेतना गरिएको छ ।
आगलागी नियन्त्रण सचेतना नमुना अभ्यास सहित घरमा कुनै कारणले ग्यास लिग भईहालेछ भने त्यसको नियन्त्रण कसरी गर्ने, सो को अभ्यास पनि गरिएको शशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाका गणपति चित्रांगत दाहालले बताए । उनले सामान्य सचेतना नहुदा दुर्घटना ठूलो हुने भएकाले घरमा ग्यास सिलण्डिर लिग हुदा नडराई अक्सिजन नआउनेगरी कम्वल वा कपडाले ढाक्ने हो । सशस्त्र प्रहरीका गणपति दाहालले जुम्लामा पछिल्लो समयमा आगलागीका घट्ना बढ्दै गएकाले सचेतना कार्यक्रम निरन्तर गर्न आवश्यक रहेकोमा बताए । जुम्लामा पछिल्लो समयमा जुम्लामा ५ वटा ठूला आगलागीका घटना भएका छन । जसमध्य चन्दननाथमा ३, तातोपानी गाउँपालिकामा १ र तिला गाउँपालिकामा १ घटना भएका छन् ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले सशस्त्र प्रहरीले स्थापना कालदेखी शान्ति सुरक्षा, सिमा सुरक्षा देखी विपद् व्यवस्थापनमा ठूलो योगदान पुरयाएको बताए । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गाउँमा आगलागी नियन्त्रण सम्वन्धी यो सिजनमा अत्यान्तै आवश्यक रहेको बताए । उनले भने यस्ता सचेतना कार्यक्रम बढाउन स्थानीय सरकार र सुरक्षा निकायको अत्यान्तै आवश्यकता हो । विपद्का सामग्री हरेक वडा तथा गाउँमा आवश्यक रहेकाले स्थानीय सरकारले तयारी गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस