कालिकोट–जुम्लाका बाढीपहिरो पीडितलाई राहत


जुम्ला ः जुम्ला र कालिकोटका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाकोे साझेदारीमा सञ्चालित बाढीपहिरो प्रतिकार्य परियोजना दोस्रो चरणमा राहत वितरण गरिएको हो ।
दोस्रो चरणमा कन्कासुनसरीका ३३ र हिमा गाउँपालिका ७६ घरधुरीलाई राहत वितरण गरिएको हो । यस्तै कालिकोट जिल्ला रास्कोटका २५ र सान्नी त्रिवेणका २५ घरधुरीलाई राहत वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।
प्रति बाढीपहिरो पीडित घरधुरीलाई १४ हजार पाँच सय रकम बराबरको राहत वितरण गरिएको हो । चामल, दाल, सिमि, चना, आटो, केराउ, चिनी, नुन, तेल र अण्डा गरी १४ हजार पाँच सय रकम बराबरको राहत वितरण गरिएको पेस नेपाल जुम्लाले जनाएको छ ।

यस्तै पहिलो चरणमा कालिकोटको रास्कोटमा ३५ घरधुरी र सान्नी त्रिवेणीमा ४० घरधुरीलाई राहत वितरण गरिएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा ६३ घरधुरी, सिजामा ५५ घरधुरी र हिमा गाउँपालिकामा ३५ घरधुरीलाई राहत वितरण गरिएको जनाएको छ । यसका साथै परियोजनाले सरसफाई र महिनावारी किट पनि वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस