
जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा लामाे प्रतिक्षापछि हिमपात संगै वर्षात भईरहेकाे छ । मंगलबार विहान करिब ४ बजेदेखि जुम्लामा हिउँ पर्न थालेकाे छ । लेकाली भेगमा बाक्लाे हिउँ जमेपनि बेसि थाेरै मात्र हिउँ परेकाे हाे ।
त्यस्तै कर्णालीका हिमाली जिल्ला जुम्ला सहित मुगु हुम्ला र डाेल्पामा समेत हिमपातसंगै वर्षात भईरहेकाे छ । उता कालिकाेट,सुर्खेत दैलेखमा भिषण वर्षात समेत भईरहेकाे छ ।
हिउँ कुरिरहेका कर्णालीका किसान मंगलबार बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । स्याउ किसान शंखु खत्री भन्छन्,”केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ । उत्पादन बढ्छ । हिउँदेबाली जाै,गाै लाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।”
हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी बताउनुहुन्छ । हिउँ नपरेर बाली सुक्न थालेकाे थियाे । उहाँले भन्नूभयाे,”बालि सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेकाे हिउँले बालि सप्रिने र स्याउ उत्पादन बृद्दिका राहत पुराउँ छ ।”
लामाे समयदेखि हिउँ कुरेका किसान र कृषि क्षेत्र हिमपातले उत्साहित छन् । हिमपातसंगै बढेकाे चिसाेले कर्णालीकाे जनजीवन पनि प्रभावित भएकाे छ । महिला बालबालिका,दिर्घराेगी,सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसाले भाईरल ज्वराे आउन सक्ने भएकाेले अत्याआबश्यक काम बाहेक बाहिर नआउन र झाेलिला पर्दाथ खान चिकित्सककाे सुझाव छ ।
हिमपातले कर्णालीका हिमालि जिल्लाकाे हवाई तथा सडक यातायात पनि ठप्प भएकाे छ । जुम्ला नेपालगन्जकाे उडान,संगै मुगु,हुम्ला,र डाेल्पाकाे हवाई उडान ठप्प भएकाे हाे । भने सडक यातायात कर्णाली राजमार्ग,नाग्म-गमगडि सडककाे यात्रा पनि राेकिएकाे छ ।
यता प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्दार तथा पुर्नस्थापनाकाे पूर्वतयारी मजबुद बनाईएकाे बताउनुभयाे । तीनै सुरक्षा निकाय तैथान अबस्थामा रहेका छन् । कर्णालीमा विहानै ४ बजेदेखि हिमपात र वर्षा जारी छ ।