’डाक्टर’ हुँ भन्दै आमाको उपचारका लागि आएकी युवतीको बलात्कार

काठमार्डौ । आमाको उपचारका लागि आएकी एक युवतीलाई ‘डाक्टर’ भएको बताउँदै बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पाल्पा तानसेनका २७ वर्षीय अर्जुन कोइरालाले आमाको उपचारको लागि चैत ६ गते गंगालाल अस्पताल आएकी एक युवतीलाई आफु ‘डाक्टर’ भएको भन्दै झुक्याएर होटलमा लागी बलात्कार गरेका थिए।

उक्त व्यक्तिले पीडितसँगको सामान्य भेटघाटको क्रममा म पनि ’डाक्टर’ हूँ गंगालाल अस्पतालको डाक्टरहरुसँग मेरो राम्रो चिनजान छ र तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु भनी ललाई फकाई झुक्याएर सामाखुसी स्थित आफ्नो सानी आमासँग भेटघाट गर्न जाउँ भनी मोटरसाईकलमा राखी काठमार्डौ (२६ मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेका थियो ।

उसले आफ्नो नाम समेत सन्तोष घले गएर युवतीलाई झुक्याएको थियो । युवतीको उजुरीको आधारमा काठमाडौं (२६ मा डेरा गरी बस्ने अभियुक्त कोइरालालाई महानगरीय प्रहरी बृत्त महाराजगन्जले पक्राउ गरेको जनाएको छ।

कोइरालाले आफुले ’डाक्टर’ हुँ भनी युवतीलाई बलात्कार गरेको स्विकार गरेका छन् । अभियुक्त कोइराला नेपाली सेनामा रहँदा पनि जबरजस्ती करणी मुद्दामा कारवाही भई बर्खास्त भएको भन्ने समेत खुल्न आएको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस