जुम्ला । तातोपानी गाउँपालिका वडा नंं २ का १ सय ३० जना जेष्ठनागरिक तथा एक महिलालाई न्यानो कम्बल वितरण गरिएको छ । जुम्लामा फागुन लागेपनि चिसो कायमै रहेकोले राहतका लागि २ नम्बर वडाका ५ गाउँका १५० जना बृद्धबृद्धालाई न्यानो कम्बल वितरण गरिएको हो ।
३० जना ५९ वर्ष मुनिका एकल महिला र १ सय जना ६८ वर्षमाथिका जेष्ठनागरिक गरी १ सय ३० जनालाई न्यानो कोरियन कम्बल वितरण गरिएको तातोपानी गाउँलिका वडा नं. २ का वडाध्यक्ष चन्द्रमान बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“वडामा झण्डै साढे २ सयबढी जेष्ठनागरिक छन् । बजेट अभावले पहिलो चरणमा १३० जनालाई वितरण गर्यौ । अर्को वर्ष बाँकी जेष्ठनागरिकलाई न्यानो प्रदान गरिने छ ।”
गाउँपालिकाको लक्षित वर्ग उत्थान कार्यक्रम अन्तरर्गत जेष्ठनागरिक एकल महिलालाई न्यानो कम्बल वितरण गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत तिर्थ बहादुर कठायतले बताउनुभयो ।
उहाँका अनुसार जुम्लामा चिसो कायमै रहेको र बुढापाकालाई बाह्रै महिना न्यानो कम्बलले राहत दिलाउने आशा गरिएको छ । २ नम्बर वडाको लक्षित वर्ग कार्यक्रम अन्तरर्गतको २ लाख बजेटमा न्यानो कम्बल वितरण गरिएको हो ।
बाक्लो न्यानो कम्बल पाउँदा खुसी हुदँै यो हिउँद जान लागेको पनि अर्को हिउँद न्यानो कम्बलले कटाउने जेष्ठनागरिक राजु बुढाले बताउनुभयो । जेष्ठनागरिकलाई स्थानीय सरकारले विभिन्न कार्यक्रम मार्फत सम्मान गर्दै आएकोमा धन्यबाद दिनुभयो ।
७० वर्षिय राजुजस्तै वडाले न्यानो कम्बलले दिँदा तातोपानी २ स्थित जर्मी,बाबिरा,डाँगीबाडा,सुन्दरगाउँ र गोप्थाडाका १३० जना जेष्ठनागरिक एकल महिला खुसी भएका छन् ।