दशकपछि रोपिदै छुमचौर ज्यूलोमा कालीमार्सी धान


 

फाइल फोटो

जुम्ला ः विश्वको अग्लो स्थानमा धान फल्ने स्थानका रुपमा पहिचान भएको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा एक दशक पछि कालीमार्सी धान रोप्न योजना तय गरिएको छ । धान रोप्ने सिजनमा यार्सा टिप्न पाटनमा जाने भएकोले खेतियोग्य जमिन बाँझै हुने गरेको थियो । धानखेतिबाट मेहनत गर्नुपर्ने तर उत्पादन कम हुने भएको भन्दै पछिल्लो समयमा स्थानीयले धान रोप्न छोडेका थिए ।
तर धान खेति हेर्नकै लागि आउने आन्तरिक तथा वाह्य पर्यटक रित्तो हात फर्कन थालेपछि यसपटक देखि ज्युलोमा धान रोप्न शुरु गरिएको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख लक्षिराम महतले बताए । उनका अनुसार अबको केहि समयमै छुमचौर ज्युलोमा कालीमार्सी धान लहलह फलाउने तयारी भईरहेको छ । कर्णाली कला केन्द्र जुम्लाको समन्वयमा गाउँपालिका कृषि शाखाले धानखेतिको उर्वर भुमिको रुपमा अघि बढाउने योजना तय भएको छ ।
ज्युलोमा धान रोप्नकै लागि तिर्खु ज्युलो र चौर ज्युलोवाट विउ छनौट गरी भिजाई सकिएको छ । दुई क्वीनटल धानको भिजाइएको उनले बताए । उनका भने, छुम ज्युलोमा ७० पाथी, चौर ज्युलोको लागि ३० पाथी धानको विउ उमारिएको छ । चैत ५ गते विउ भिजाईसकिएको छ । यो पटक तिन सय मुरीखेतमा कालीमार्सी धान रोप्ने गरी तयारी गरिएको उनले बताए । जेठ पहिलो साता पत्रकार चर्चित कलाकारलाई छुमचौर ज्युलोमा भेला गराएर कृषि पर्यटन पवद्र्धनको सन्देश फैलाउने योजना रहको छ ।
छुमचौर ज्यूलोलाई कृषि पर्यटन आकर्षण केन्द्र
पातारासी गाउँपालिकाले छुमचौर ज्युलोलाई पर्यटन आकर्षणको केन्द्र बनाउनको लागि पनि यहाँको धान रोप्ने प्रचलनलाई प्रथामिकताका साथ अघि बढाएको छ । लामो समय सम्म खेतियोग्य जमिन बाँझै रहदा हेर्न आउने सवैजसो पर्यटक खाली मन लिएर फर्कने गर्छन् । स्थानीयले छुमचौर ज्युलोलाई नयाँ तरिकाले धान रोपेर नमुना उदाहरण देखाउन बताएका छन् । कालीमार्सी धान असिनाले झारिदिने र रोगको संक्रमण बढि देखिएकोले खेत बाँझो राख्न बाध्य भएको किसानले बताए । ज्युलोमा धान नरोपिदा कालीमार्सी धान संकटमा परेको भन्दै कालीमार्सी धान फलाउनको लागि किसानलाई प्रेरित गरेको कृषि शाखा प्रमुख महत बताए ।
करिव तिन हजार मिटर अग्लो स्थानमा धान फल्छ
२ हजार ८ सय ६० मिटर उचाईमा धान फल्छ । पाटनमा यार्सा सिजन गाउँमा बसेका किसानलाई धानको संरक्षणमा जोड दिन लगाईने गाउँपालिकाले तयारी गरेको हो । गाउँपालिकाको समृद्धि छुमचौर ज्युलोबाटै हुन्छ, कृषि शाखा प्रमुख महतले भने, पर्यटन आवागमनको केन्द्र बनाएर स्थानीय सरकारलाई राम्रो आम्दानी गर्न सक्ने देखिएको छ । कालीमार्सी धान बचाउन र छुमचौर ज्युलोको पहिचान बचाउन स्थानीय सक्रिय देखिएका छन् ।
कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन र धान खेतिको लागि योग्यभुमिका रुपमा देखिएको पहिचान बनाउन खेतियोग्य जमिनलाई बाँझो हुन नदिने नीति गाउँपालिकाले अख्तियार गरेको छ । कर्णाली कला केन्द्रका अध्यक्ष राजहावदुर शाहीले छुमचौरलाई साचिक्कै कृषि भुमिका रुपमा परिचय बनाउनको लागि परेको बताए । उनले भने, यो धान खेतिका लागि मात्रै नभै कला र सस्कृति संग जोडिएको भुमिपनि हो । यसको संरक्षण र प्रवद्र्धनमा सवैको चासो जान जरुरी छ ।

तपाईको प्रतिक्रिया