नेकपा एस पार्टी जिल्ला कमिटिको अध्यक्षमा दयादत्त हमाल


जुम्ला ः नेकपा एकिकृत समाजवादी पार्टीको जिल्ला कमिटिको अध्यक्षमा दयादत्त हमाललाई चयन भएका छन् । जिल्ला कमिटिले केन्द्रीय कमिटिलाई सिफारिस गरेपछि केन्द्रीय कमिटिले हमाललाई अध्यक्ष पदमा अनुमोदन गरेको हो ।

हमाल तत्कालिन नेपाली काँग्रेसका जिल्ला पार्टी सचिव हुन् । उनी काँग्रेस पार्टीको सचिव पद छोडेर एमाले पार्टीमा प्रवेश गरेका थिए । नेकपा एमाले पार्टीबाट माधव नेपालसहित बाहिरिएर एकिकृत समाजवादी पार्टी स्थापना गरेका थिए । हमाल एकिकृत समाजवादी पार्टीमै रहेका थिए र अहिले केन्द्र्रीय कमिटिले जिल्ला कमिटिको अध्यक्षमा पदमा अनुमोदन गरेको हो ।

तत्कालिन अध्यक्ष आदीप्रसाद न्यौपाने, केन्द्रीय सदस्य देविलाल थापासहितको टोली नेकपा एमाले पार्टीमा समाहित भएपछि एकिकृत समाजवादी पार्टी जिल्ला कमिटिको अध्यक्ष पद रिक्त रहेको थियो ।
एकिकृत समाजवादी पार्टी जिल्ला कमिटिको सचिवमा शंक रोकाया रहेका छन् । जिल्ला कमिटि १६१ सदस्सीय रहेको केन्द्रीय सदस्य तिर्थ बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस