प्रधानाध्यापक महेश रावल, जो उत्कृष्ट बन्न सफल भए


जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – २ कोइरेली गाउँस्थित हिमा आधारभुत विद्यालयका उमेरले सवै भन्दा कान्छा प्रधानाध्यापक महेश रावल प्रधानाध्यापक मध्येका उत्कृष्ट प्रधानाध्यापक बन्न सफल भएका छन् । शुक्रबार एक औपचारिक कार्यक्रममा प्रधानाध्यापक रावललाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो । हिमा गाउँपालिकामा एक आवासिय विद्यालयसहित २१ वटा सामुदायिक विद्यालय रहेका छन् । यिनै सवै विद्यालय मध्येबाट कार्यसम्पादनका आधारमा उत्कृष्ट प्रधानाध्यापक घोषणा गरेर सम्मान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए ।
चन्दननाथ नगरपालिका – ७ मिचागाउँ स्थायी घर भएका प्रधानाध्यापक रावल हिमा आधारतभुत विद्यालय कोइरेलीमा कार्यरत छन् । सामान्य घरपरिवारमा हुर्केका प्रधानाध्यापक रावलले २०६५ सालमा स्थापना भएको विद्यालय जस्तो बिद्यालयलाई सुधार गर्दै नमुना विद्यालय बनाउन सफल भए । कुसल नेतृत्व र अभिभावकको सहयोगले प्रधानाध्यापकमध्ये उत्कृष्ट नतिजाको प्रतिफल प्राप्त भएको हो ।


प्रधानाध्यापक रावल भन्छन् स्थापना कालमा १–३ कक्षा मात्रै अनुमति प्राप्त थियो । अहिले १–५ कक्षा सम्म अनुमती लिएर सञ्चालन गर्दै आएका छौँ । सुरुमा १५ जना मात्रै विद्यार्थी रहेको विद्यालयमा अहिले ११२ विद्यार्थी भर्ना भएका छन् । अझै विद्यार्थी भर्ना गर्ने कार्य जारी नै रहेको छ । उनले भने विद्यालय आर्कषक र छापामय बनाएका छौँ ।
हरेक शिक्षण सिकाई क्रियाकलाप सामग्री प्रयोगमा जोड दिने गरेको उनले बताए । स्थानीय सामाग्रीलाई शिक्षण क्रियाकलापमा प्रयोग गर्ने गरेका छौँ । बिद्यार्थीलाई विभिन्न खेल विधि प्रयोग गरी शिक्षण कार्य गर्ने गरिएको छ । पुर्ण रुपमा शैक्षिक र भौतिक रुपमा विद्यालयलाई अब्बल बनाएका छौँ । १०–४ को समय मात्र काम गर्ने मान्यता नराखेर पुरै समय बिद्यालयमा खर्चिने गरेको प्रधानाध्यापक रावलले बताए । उनले भने हरेक दिन बिद्यार्थीसँग नयाँ नयाँ क्रियाकलाप गर्न बिद्यार्थीको शिक्षण सिकाईमा केन्द्रीत रहने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस