समृद्ध कर्णालीका लागि रोजगार र उत्पादनमा लगानी बढाउनु पर्छःमन्त्री शर्मा

जुम्ला । कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले उत्पादन बृद्धि र रोजगारी सृजना प्रदेश सरकारको प्रथामिकतामा रहेको बताए । आगामी नीति कार्यक्रम र बजेटमा उत्पादन बृद्धि र रोजगारी सृजनालाई प्रथामिकता दिने उल्लेख गरेका हुन् ।

सामेबार जुम्लामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने,“उत्पादन बृद्धि बिना रोजगारी सृजना सम्भव छैन् । कर्णालीको शत्रु भनेकै बेराजगारी र गरिबी हो । आगामी नीति कार्यक्रममा सरकारले गरिबी र बेरोजगारी अन्त्यका लागि रोजगार उत्पादन बृद्धिमै लगानी बढाईने तयारी छ ।”

कर्णाली प्रदेश सरकारले वर्षमा १० हजार यूवालाई रोजगारी दिने लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुसार कृषिमा यूवा आर्कषित हुने नीति अबलम्बन गरी कृषि ऋणमा ब्याज अनुदान,सहुलियत ऋण,ढुवानीमा सहुलियत,बजार प्रर्बद्धन,उत्पादनका आधारमा अनुदान लगायतका कृषि नीतिमा जोड दिईने मन्त्री शर्माको भनाई छ ।

उत्पादन बृद्धि बिना कर्णालीको समृद्धी सम्भव छैन् । मुलुकमा निम्तीएको आर्थिक संकटले उत्पादन बृद्धिलाई जोड दिनुपर्ने पाठ सिकाएको छ । गत साता सुर्खेतमा सम्पन्न कर्णालीका ७९ वटै स्थानीयतहका प्रमुखको बैठकमा आगामी नीति र बजेटमा रोजगारी उत्पादन बृद्धिलाईनै प्रथामिकता दिने निर्णय भएको उल्लेख गरे ।

किसानको मनोबल बढाउने,गोठालो भत्तालाई निरन्तरता दिने,जुम्लाको रैथाने बाली,मार्सी चामल,स्याउ,सिमि,ओखर,चिनो,कागुनो,फापर लगायतका बालीको उत्पादन बृद्धि,प्रशोधन बजारीकरणलाई सरकारले विशेष जोड दिने बताए ।

अनुदानका नाममा बिचौलिया मोटाएको,झयालबाट योजना आउने प्रबृत्ति अन्त्य नभएको कृषिमा अपेक्षित बजेट कहिले विनियोजित नहुने समस्याको अन्त्य कहिले हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री शर्माले आफ्नो कार्यकालमा विधि संवत माग भई आएका आबश्यकतामुखी योजना मात्रै स्वीकृत हुने प्रतिबद्धता व्यक्त गरे ।

विश्वकै उच्च स्थानमा मार्सी फल्ने छुमज्युलाको विकास,जुम्लाको स्याउ,मार्सीधान,ओखर सिमिको उत्पादन बृद्धि र बजारको सुनिश्चिता समेत सरकारले सहजीकरण गर्ने नीति ल्याउने बताए ।

कर्णालीको बहुमुल्य जडिबुटिको प्रशोधनका लागि आगामी नीति कार्यक्रममा उद्योग स्थापना गर्ने समेत तयारी भएको छ । मन्त्री शर्माले थप्नुभयो,“कर्णालीलाई २०७५ मै अर्गानिक प्रदेश घोषणा गर्ने नीति लिइएको छ । सोहि अनुसार रसायनिक विषादी प्रयोगलाई निरुत्साहित गर्ने । प्रांगारिक मल उत्पादनमा जोड दिने । जुम्लाको अर्गानिक उत्पादनलाई ब्राण्डिङका रुपमा बजारमा लिन प्रदेश र स्थानीयतह बीच समन्वयनमा जोड दिईने छ ।”

विगतका सरकारले सडक र पूर्वाधारमा बढी लगानी गर्नु त्यतिबेलाको आबश्यकता थियो । अब उत्पादन बृद्धिनै लगानी बढाउनु पर्ने बेला आएको छ । यसमा प्रदेश सरकार र ७९ पटै स्थानीयतहको सहमती समेत भईसकेकोले कृषि क्षेत्रमा लगानी बढाउने तयारी छ ।

किसानको उत्पादन सुरक्षित गर्न अनिवार्य कृषि बाली बिमाको कार्यक्रमलाई समेत नीतिगत रुपमै व्यवस्था गरिने छ । बाँझीदै गएको जग्गालाई सिँचाई सुविधा पुराउन,बाँझो जग्गा खनजोत तथा उपभोग गर्ने,उत्पादनका आधारमा मात्रै अनुदान दिन लगायतका नीति बनाएर कर्णाली सरकारले अब रोजगारी सृजना तथा उत्पादन बृद्धिमा मात्रै लगानी बढाउने पहिलो प्रथामिकता रहेको मन्त्री शर्माको भनाई छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस