गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा जुम्लाका योगी चयन

जुम्ला ः गाँउपालिका राष्ट्रिय महासंघ नेपालको महाधिबेशनबाट सदस्यामा तिला गाउँपालिका जुम्लाका अध्यक्ष रचननाथ योगी चयन भएका छन् । सर्वसम्मत रुपम ३७ सदस्यिय केन्द्रीय नेतृत्व चयन भएको हो ।

काठमाडौँमा सम्पन्न भएकोे सम्मेलनबाट केन्द्रीय सदस्यमा जुम्ला जिल्लाकै गतिशिल व्यक्ति तिला गाउँपलिका अध्यक्ष योगी केन्द्रिय कार्य समितिको सदस्यमा निर्वाचित हुनुभएको तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष धिरज जैशीले बताए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस