आफ््नो पक्षमा निर्णय नभए पछि मेयरले फाईल च्याते

१७ माघ २०७४, शुभाकर विश्वकर्मा
मुगु ः आफ््नो पक्षमा निर्णय हुने नदेखिए पछि छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले निर्णय फाईल च्यातेका छन् । सदरमुकाम गमगढीको चन्दननाथ होटलमा बसेको नगरपालिका पदाधिकारी बैठकमा मेयर शाहीले निर्णय फाईल च्यातेका हुन् ।
मंगलबार दिउसो बसेको बैठकमा सहभागी नगरपालिका क्षेत्रका केही वडा अध्यक्ष र मेयर बीच कुरा नमिले पछि यस्तो घटना घटेको बाहिर आएको छ । नगरपालिका क्षेत्रमा कर संकलनको लागि केही कर्मचारीको सिफारिसका विषयमा कुरा नमिले पछि यस्तो घटना घटेकोे बुझिन आएको छ ।
यस्तै उक्त कार्यक्रममा उपमेयर लगायत वडा अध्यक्षहरुलाई विविध विषयमा छलफल गर्ने भनेर बोलाईएको हो उपमेयर सुन्तला रोकायाले भनिन् । उक्त बैठकमा कर संकलन, कक्षा आठको जिल्ला स्तरिय परिक्षा र कक्षा १ देखि ९ सम्मको परिक्षा संचालनको विषयमा पनि छलफल गरिएको थियो उनले भनिनु । आफुले विवाद आएका विषयमा आगामी दिनमा निर्णय गरौला भन्दा पनि समस्या समाधान हुन नसकेको उपमेयर रोकायाको भनाई छ । उनका अनुसार सबैको सहमतिमा निर्णय गर्दा उपयुक्त हुने भन्दा भन्दै मेयर शाहिले फाईल च्यातेको जनाएको छ ।
यस विषयमा जानकारी लिन खोज्दा मेयर टेलिफोनमा शाहीले आफुले त्यस्तो काम नै नगरेको तथा विरोधीहरुले अतिरन्जित बनाउन खोजेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस