सानाले डर नमाने, ठूलाले लाज नमाने कसरी चल्ला र देश ?


‘सानाले डर नमाने, ठूलाले लाज नमाने कसरी घर चल्ला र’ छोरा!

सानो र ठूलोको मापन उमेर, अनुभव, पद र पदीयदायित्व, मानमर्यादाक्रम सामाजिक र सांस्कृतिक संस्कारगत नाता सम्बन्ध आदि नै हुन्।

म सानो छँदा र आज ठूलो हुँदा पनि बारम्बार मेरी आमाले यो कुरा बेलाबखत भनिरहनु हुन्छ।

आमाहरूले यो पुस्तौँपुस्ता हुँदै हस्तान्तरण भएर आएको अनुभवको दीक्षाले– कम्तिमा समाजले के भन्ला, लोकले के भन्ला, समाजमा कसरी मुख देखाउँला भन्ने मनमा डर र लाज पैदा भइ नै रहन्थ्यो।

रामसिंह रावल

यस शिक्षाले पनि विगतको हाम्रो समाज र देशलाई डोर्‍याइरहेको थियो। आज ‘जो चोर उसैको ठूलो स्वर’को दीक्षाले समग्र समाज र राष्ट्रलाई गाँजेको छ। न ठूलाले लाज मान्नु परेको छ न त सानाले डर। भनौँ नेपाली समाज डर र लाजविहीन समाजमा रुपान्तरण भएको छ। ठूलो विग्रह र असन्तुलन नेपाली समाजमा पैदा गरिसकिएको छ। हाम्रो आम संस्कार र सँस्कृति बनिसकेको छ! पचाइसकेका छौं!!

यी यावत कामकारवाहीलाई निरपेक्षतामा होइन कि सापेक्षताको धरातलमै हेर्न खोजिएको हो र हेरिनुपर्छ। नेपालको संविधानमा उल्लेखित ‘धर्म निरपेक्षता’जस्तो होइन। खासमा धर्मको अर्थ कर्म नै हो।

देश, काल परिस्थिति र भूगोलअनुसार कुनै पनि घर–परिवार, समाज र देशले आफूलाई व्यवस्थित रिति र थितिअनुसार चल्न र चलाउन सामाजिक, सांस्कृतिक र भौगोलिक धरातलका आधारका साथै लामो अनुभवबाट केही मूल्य, मान्यता, सँस्कार, सँस्कृति र राजनीतिक प्रणाली विकास र विस्तार गरेको हुन्छ। साथै भावी पुस्ताका लागि केही आधारहरु पनि निर्माण गरेर गएको हुन्छ। तर हामीकहाँ यी यावत संस्कार, संस्कृति र सामाजिक संरचनाहरुका साथै राजनीतिक प्रणालीलाई समेत जरैदेखि उखेल्ने कुत्सित मनसायले हल्लाउने र अन्तत फाल्ने काम गरिएरगरि नै रहेका छौँ। हाम्रो नेतृत्वले जानाजान यो गरिरहेको छ।

देशरसमाज कसले बिगारेको? यसका भागिदार को हुन् ?

१) नेता (परचालित, विवेकहीन अभिनेता)

२) बौद्धिक–प्राध्यापक, न्यायाधीश, वकिल, लेखक, शिक्षक, पत्रकार (भाडाका भाट)

३) सञ्चार गृह (भ्रम गृह)

४) कर्मचारी तन्त्र (सरकारको काम कैले जाला घाम मनोविज्ञान लिएकारदलका भातृ संगठनका झोले)

५) सुरक्षा निकाय (मूकदर्शक)

६) जनता (यी माथिकाले सिकाएकोरदेखाएकोरगरेको व्यवहार र विचारबाट दीक्षित र शिक्षितका साथै आजित, थकित र अभिभावकविहिन अफिमको कुलतमा नराम्ररी अभ्यस्त भैसकेका लठैत)

यसैले गर्दा अहिले देशमा चरम अराजकता (एनार्की) चलिरहेको छ। यसबाट छुटकारा पाउन सामान्य टालो हालेर वा डेन्टिङ पेन्टिङले देशरसमाज रीति र थीतिमा आउला भन्न सकिने अवस्था छैन।

देशमा यस्तो सामाजिक, सांस्कृतिक र राजनीतिक भुइँचालो आउनेवाला नै छ त्यसैले नै भावी दिनको बाटो बनाउने छ भन्दा हतार नहोला। यो अवस्थातिर समाज र देश गएको देख्दा निकै पीडावोध हुन्छ।

माओवादी सशस्त्र आन्दोलनको उठान, गणतन्त्र घोषणा, संघीय र धर्म निरपेक्षता लिएर आएको संविधान। तराईमा नेपालको राष्ट्रिय झण्डा देखि चीनको राष्ट्रिय झण्डा जलाउने, विगतमा पृथ्वीनारायण शाह, भानुभक्त आचार्यलगायतका सालिक तोडफोड गर्नुका साथै आङकाजी शेर्पाले बौद्धमा शाहको तस्विरमा थुक्ने अभियान चलाएको टिकापुर र गौर नरसंहार, सिके रावतका गतिविधि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की र प्रधानन्यायाधीश सुशिला कार्की महाअभियोग काण्ड, वहालवाला प्रधानन्यायाधीश खिलाराज रेग्मीलाई देशको कार्यकारी बनाउनु, सर्वाेच्चदेखि उच्च अदालतसम्म न्यायाधीश दलीय भागबण्डामा नियुक्ति, प्रधान न्यायाधीश गोपाल पराजुलीको आगमन र वहिर्गमन, राधिका तामाङले गौबधलाई वैधानिकता दिन गरिएको प्रयास, ब्रिटिस राजदुत एन्ड्रयू स्पार्कले धर्म परिवर्तनलाई संविधानमा मौलिकअधिकारका रुपमा राख्न संविधानसभाका सदस्यहरुलाई खुलापत्र लेखेको, यूरोपेली संघ निर्वाचन पर्यवेक्षण टोलीले संघीय संसद र प्रदेश सभामा ‘समानुपातिक समावेशी’नीतिको आरक्षण‘खस आर्य’लाई हटाउनु पर्ने लिखित सिफारिस गर्नु। यी यावत घटनाहरुका चाङ सामान्य होइनन्। यी विगतमा भएका र हाल भइरहेका असामान्य खालका विभिन्न काण्डहरुलाई समग्रतामा राखेर हेरिनुपर्दछ।

यी यावत घटनाहरुको कुनै पनि प्रजातान्त्रिक विधि र प्रक्रियासम्मत बाटो अवलम्वन गरेर गरिएको र किनारा लगाइएको एउटा उदारण पनि छैनन्। खालि निहित स्वार्थका खातिर तैँ चुप मै चुपको शैलीमा पदार्पण गरिएका र किनारा लगाइएका छन्।

गणतन्त्र, धर्म निरपेक्षता र संघीय शासन प्रणाली नेपालले अपनाउनु र नेपाली जनताले मान्नु कुनै आपत्तिको विषय होइन र हुने पनि थिएन। तर यी लागू के नेपाली जग, मन र मष्तिस्कको धरातलबाट व्यापक व्यवहारिक र सैद्धान्तिक छ लफल पश्चात गरिएका हुन् त?

कदाचित होइनन्। चुरो विषय यहिँनिर छ, आजपर्यन्त। त्यसैले त आज नब्बे प्रतिशतभन्दा बढीले कर्तल ध्वनिका साथ पास गरेको संविधान जारी भएर तीन–तीन चरणको निर्वाचन सम्पन्न भइसक्दा पनि देश संक्रमणकालको स्थितिमै गुज्रिरहेको हुने थिएन। थीतिभन्दा बेथितिकालहरु आइरहेका छन्।

हामी नेपालीहरुकै घर, होटल, रेष्टुरेन्ट, गेष्टहाउसमा कयौं गोरा, मुस्लिमहरु लगायत अन्य धर्म, समुदाय र राष्ट्रका मानिसहरु आउँछन्।बास बस्छन्। हामी सहगाँस र वास पनि गर्छौँ र बस्छौं सहर्षसाथ। खै त नारा लगाएको, जुलुल गरेको वा लौरो लिएर लखटेको?
सामुहिक वा व्यक्तिगत रुपमा नियतवश कसैले ती मूल्य–मान्यता र संस्कार–सँस्कृतिमा कुत्सित मनसायले आक्रमण र प्रहार गर्दछ वा गरिन्छन्। अनि समाज र देश पक्ष र विपक्षमा बाँडिँदै र भाँडिदै हिंसाको रुप ग्रहण गर्दैै साम्प्रदायिक हिंसा हुन थाल्छन्। राधिका तामाङ र ईयू प्रकरण यहीभित्रको पाटोको रुपमा लिनुपर्दछ र हुन्।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले विगतमा कम्तिमा पनि नाकाबन्दी र अहिले यूरोपेली संघ निर्वाचन पर्यवेक्षण टोलीको गतिविधि पश्चात लिएका केही अडान र अभिव्यक्तिले केही सत्यताका पेटारा उनले खोल्न थालेका छन्।

यीभन्दा कयौँ असत्यताका भकारीहरु छन्, जो ओलीलाई पनि थाहा छ न् र त्यसमा उनी पनि सहभागि छैनन् विगतमा भन्नसक्ने पूर्ण आधारहरु छैनन्। ओलीप्रति आशा त गर्न सकिन्छ तर अहिल्यै भरोशा नै भने गर्न सकिँदैन। उनी आफ्नो दलभन्दा बाहिर वामगठवन्धनभन्दा पर आएर फराकिलो दृष्टि, दृढ विश्वास, सोच, विचार र सत्यताको नजिकबाट आम नेपाली मनहरुलाई विवेकसम्मत व्यवहारबाट पुनर्गठन गर्ने राजनीति गर्न सख्त जरुरी छ। त्यो राजनीतिको जग नेपालको सामाजिक, साँस्कृतिक र ऐतिहासिक धरातल र विरासत नै हो। यसमा उभिएर मात्र पुननिर्माण गर्न सकिन्छ।

एनजिओ र आईएनजिओ फन्दामा कसिलै गरी बेरिएको पार्टी एमाले र विदेशीको मन्त्र र मरमसला बोकेर नेपालको राजनीतिमा पदार्पण गरेको माओवादी केन्द्र बीचबाट बाहिर आएर जर्जर भएको नेपाली राष्ट्र र राज्य कसरी बलियो र कसिलो बनाउँलान् ओलीले त्यो हेर्न बाँकी नै छ। यो काम परचालित गुलामहरुले कदाचित गर्न सक्दैनन्। आजाद मन–मष्तिस्क भएका आजादले मात्र गर्न सक्छन्।

तपाईको प्रतिक्रिया