बस ठक्करबाट एकको मृत्यु, घटना बारे चालकनै अनविज्ञ


जुम्ला ः जुम्लाको पुरानो बसपार्क नजिकै बुधरबार राती बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राती ९ बजे तिर जुम्ला पुरानो बसपार्क नजिकै बसको ठक्करले चन्दननाथ नगरपालिका ६ छिनागाउँ ६० वर्षिय चन्द्रविर सुनारको मुत्यु भएको प्रहरीले जनाएको छ ।
लामो दुरीमा गुड्ने ना ५ ख ६२६८ नम्बरको बसले ठक्बर दिएको हो । यता बस चालक ओम प्रकाश सोमे मगर भने, यस घटनाका बारेमा आफु अनविज्ञ रहेको बताए । घटना कसरी भयो, थाहै भएन, बसपार्क नजिक आउदा ओईड लागे जस्ता भएको हो । तर घटना भएको आफुलाई कुनै जानकारी नभएको उनले भने ।


घटना बसपार्क नजिक बुधबार राती ९ बजे भएपनि राती ११ बजे ड्युटीमा गएको टोलीले राती ३ बजे मृत्तक भेटाएको प्रहरी सहायक निरिक्षक चुडामणि पुनले बताए । उनका अनुसार घटना स्थलमा शब मात्रै थियो । गाडी थिएन, टोलीले खोज्दै जादा, ना ५ ख ६२६८ नम्बरको बसको टायरमा रगत लागेको देखेपछि चालकलाई नियन्त्रणमा लिइएको हो ।
घटनाका बारेमा सोधपुछ गर्दा चालक एक्लै भएको र केही थाहा नभएको बताउने गरेकाले अनुसन्धान पश्चात मात्रै कार्बाही प्रक्रिया अघि बढ्ने प्रहरीको भनाई छ । मृत्तक चन्द्रविर सुनार प्राय मदिरा सेवन गरी सडक छेउछाउमा डल्ने गरेको स्रोतले जनाएको छ ।
घटनाका सम्बन्धमा कसरी मृत्यु भयो, गाडीले किचेर वा डलेकै अबस्थामा गाडी व्याक गर्दा मृत्यु भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृत्तकको शब आजै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ । भने, मृत्तकका आफन्तले पाउने क्षेतिपुर्ति भने, अनुसन्धान पश्चात कानुन बमोजिम सबै पाउने प्रहरी सहायक निरिक्षक पुनले बताए ।
पछिल्लो सयम जुम्लामा सवारी दुर्घटना क्रमिक रुपमा बढ्दै गएका छन् । ट्राफिक नियमको पालाना नगर्नु, मदिरा सेवन गरी राती सडक पेटीमा डल्नु, बाटो काट्न नजान्नु, ट्राफिक नियमका बारेमा स्थानियलाई जानकारी नहुनु लगाएका कारणले घटनाहरु बढीरहेका छन् । यस विषयमा प्रही प्रशासनले बेलै ध्यान पुरानै दुर्घटना कम गर्न योजनात्मक रुपमाले अघि बढ्न आबश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया