आधारभुत मानवअधिकार शिक्षा तालिम


जुम्ला ः मुगु जिल्लाका सुरक्षा निकाय र सरकारी निकायका कर्मचारीहरुलाई आधारभुत मानवअधिकार शिक्षा दुई तालिम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाको आयोजनामा मुगु जिल्लामा जिल्ला स्थित सुरक्षा निकाय र सरकारी निकायमा कर्मचारीहरुका लागि चैत २० र २१ गते दिने आधारभूत मानव अधिकार तालिम दिएको हो ।
उक्त तालिममा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८, मानव अधिकार सम्बन्धी विभिन्न विषयगत महासन्धीहरु, मानव अधिकार संरक्षणमा न्यायालयको भूमिका र कानुनी शासन, सुशासन र मानव अधिकार र नेपाल सरकारको चौथो पञ्चबर्षिय मानव अधिकार राष्ट्रिय कार्ययोजनामा भएका व्यवस्थाहरुका सम्बन्धमा जिल्लास्थित सरकारी तथा सुरक्षा निकायका कर्मचारीहरुलाई अभिमूखिकरण गरिएको थियो ।
तालिममा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका प्रमुख रमेश कुमार थापा, मानव अधिकार अधिकृत रमेश रावत, मुगु जिल्ला अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले सहजीकरण गरेका थिए ।
तालिममा मुगु जिल्ला स्थित सुरक्षा निकाय, जिल्ला प्रशासन, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्ला जन स्वास्थ्य, जिल्ला कषि विकास कार्यालय, खानेपानी तथा सरसफार्ई डिभिजन, मालपोत, कारागार, नापी, निर्वाचन कार्यालय, नेपाल खाद्य संस्थान, जिल्ला समन्वय समिति, जिल्ला हुलाक, घरेलु विकास समिति, वन लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधिहरु समेत गरी २५ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया