मितेरी गंगादेवि शान्ति पुरुस्कारबाट मुगुका मल्ल सम्मानित


जुम्ला ः मितेरी गंगादेवि शािन्त पुरुस्कारबाट देशै भरका चार जना ब्यक्ति मध्ये मुगुका चित्रबहादुर मल्ल सम्मानित भएका छन् । लामो समय देखि समाजमा दिगो शान्ति तथा बिकासका लागि समाजसेवी एवंम परोपकारी भावानाले स्थानीय स्तरमा गरेका काम कतव्र्य र योगदानको कदर गदै मल्लले मितेरी गगांदेवि शान्ति पुस्कार प्राप्त गरेका हुन् ।

एक्सन वक्स नेपालले सामाजिक क्षेत्रमा काम योगदान गरेका समाज सेवीलाई मितेरी गंगादेवि शान्ति पुरुस्कार प्रदान गदै आएको थियो । यो बर्षको मितेरी गंगादेवि शान्ति पुरुस्कारबाट नगद ५ हजार पाँच रुपैया सहित समान पत्रका साथ मल्ललाई सम्मानित गरिएको हो ।

जिल्ला नागरिक सञ्जाल संयोजक समेत रहेका मल्लले सामाजिक कुस्सकार, छाउपडी प्रथा महिला हिसां तथा समाजमा दिगो शान्ति स्थायित्व काम गराउन रात दिन नभनी काम गदै आएकाले उहाँको काम र योगदानलाई कदर गदै सम्मानित गरिएको एक्सन वक्स नेपालका वकालत तथा पैरवी अधिकृचत राजेन्द्र उप्रेतिले बताए ।

तपाईको प्रतिक्रिया