
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुईदिने मुटुरोग विशेषज्ञ निशुल्क शिविर सेवा प्रवाह गरिएको छ । यसअघि मुटुरोगीहरुले उपचारका लागि महंगो शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो तर जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ टोली ल्याएर सेवा प्रवाह भएपछि केही समस्या कम हुने अपेक्षा गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले जुम्लाका मुटुरोगीको चेकजाँच गरेका हुन् । डाक्टर कोईरलाका अनुसारका झण्डै एक हजार पाँच सय बढि विरामीको चेकजाँच गरिएको छ । असुन्तुलीत खानपान, धुम्रपान तथा मध्यपान बढि प्रयोग, धुवाधुलो र श्वासप्रश्वास नै मुटु रोगका प्रमुख कारणहरु हुने डा कोइरालाले भने ।
उनले थपे, यि कारणबाट जुम्लाका नागरिक बढि प्रभावित भएको पाईयो । मुटु रोग सम्बन्धीको निशुल्क शिविर क्षणिक मात्र हो । यहाँका नागरिकलाई नसर्ने रोगबाट मुक्त गर्नको लागि ३ सय शैया अस्पतालमा मुटु रोग सम्बन्धीत विशेषज्ञ सेवा संचालन गर्न निकै आबश्यकता देखिएको डाक्टर कोइरलाले बताए ।
डाक्टर कोइरालाले प्रत्यक्ष रुपमा चेकजाँच गराएका एक हजार पाँच सय बढि विरामी मध्ये अधिंकाश सेवाग्राहीमा फोक्सो सम्बन्धीको समस्या देखिएको छ । शिविरमा उपचारका क्रममा सामान्य अबस्था भएकालाई औषधी दिइएको छ भने, मुटुमा प्वाल भएका तथा अप्रेशन गर्नुपर्ने अबस्थाका विरामीलाई काठमाण्डौँ स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ । त्यहाँ एक लाख बराबर उपचार निशुल्क गरिने पनि जानकारी दिए । प्रतिष्ठानमा विशेषज्ञ सेवा संचालन गर्न आबश्यक छ । तर सबै सरोकारवालाहरुले चाडै पहल गरी नयाँ निमार्ण सम्पन्न अस्पताललाई सुचारु गर्न उनको सुझाब छ ।
जुम्लामा दुई दिनसम्म चलेको निशुल्क मुटु रोग सम्बन्धी विशिरमा मुटुरोग विशेषज्ञ डा कोईराला सहित १७ जनाको टोली जुम्लामा आईपुगेको हो । कर्णालीमानै अहिले मुटु रोग विशेषज्ञ सेवा संचालन नभएका कारण शिविर संचालन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रध्यापक डाक्टर मोदनाथ मरहट्ठाले बताए । धुवाँ धुलोबाट सुरक्षित रहन धुम्रपान तथा मध्यपानको प्रयोग गर्न नहुने लगागतका विषयमा चेतना फैलाउन निकै आवश्यक रहेको उल्लेख गरे । दुई दिने निशुल्क मुटुरोग शिविर निकै सफल रहयो उनले भने, अस्पातलमै विशेषज्ञ सेवा अति आवश्यक देखिन्छ । यसको व्यवस्थापनमा सबै लाग्नु पर्ने बताए ।
‘जुम्लामा मुटुरोगी र औषधी सेवन गर्नेको संख्या धेरै छ,’ शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले भने, ‘निःशुल्क मुटुरोग स्वास्थ्य शिविर मार्फत विरामीलाई उपचार गर्न थालिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको विशेषज्ञ नहुँदा उपचार हुन सकेको थिएन ।
मुटु रोग विशेषज्ञको टोलीले जुम्लामा उपचार गर्न सकिने बिरामीलाईको जुम्लामै उपचार गर्ने र रेफर गर्ने बिरामीलाई उचित सुझाव दिएर उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिईएको छ ।
जिल्लामै मुटु रोग विशेषज्ञको टोली पुगेर चेकजाँच गर्न पाउँदा स्थानीयले खुशि व्यक्त गरेका छन् । त्यस्तै चन्दननाथ नगरपालिका १० निवासी खुम्मीरा बुढाले निशुल्क चेकजाँच गराउन पाउदा खुशी व्यक्त गरिन् । उनले भनिन, अघिपछि भएको भए, कति पैसा तिरेर जाँच गर्नु पथ्र्यो तर शिविरमा निशुल्क गरी मनको डरलाई शान्त पारिएको दिएको शिविरमा खटिएको टोलीलाई धन्यबाद दिईन् । शिविरमा केहि आफुसंग स्वास्थ्य समस्या छ वा छैन् भन्ने कुरा थाहा पाउन पनि आएको पाइयो ।
उनका अनुसार मुटु रोगीको उपचार गर्न आवश्यक पर्ने सवै उपकरण सहित टोली जुम्लामा पुगेको छ । ‘मलाई एक्कासी प्रेसर वढेको थियो,’ उनले भने, ‘पहिलो पटक चेकजाँच गराउन पाएँ ।’