
जुम्ला । मानव बिकासको युग देखि बिकास हुँदै आएका मानव सभ्यताको उपलब्धि आविष्कार, मान्यता र परिवर्तन लाई समिक्षा गर्दै नयाँ मुल्य र मान्यतामा स्थापित गर्ने युग २१ औं शताब्दी हो । यो शताब्दी जन चाहना, ज्ञान्, बिज्ञान, प्रबिधि र भौतिक पुर्वाधारको उच्चतम बिकास र सदुपयोगका साथै मानवद्वारा निर्मित नयाँ मुल्य मान्यतामा आधारित शासन पद्धति र प्रणाली संचालन गर्ने युग पनि हो ।
नेपालको इतिहासमा पनि विभिन्न समयमा विभिन्न कालखण्डमा यो शताब्दीको र नेपाली जनताको जन चाहना पुरा गर्ने ध्ययले थुप्रै आन्दोलन र व्यवस्था परिवर्तनका ढोङहरु जनतामा छरियो हुन पनि नेपाली जनताले नेपालमा लामो समय शासन सत्ताको बागडोर समालेको जहाँनिया राणा शासन र निरङ्कुश राजतन्त्र सत्ता बाट वा राजगद्दी बाट हटाइयो वा बंशज, खानदान बाट चल्दै आएको वा चलाउदै आएको व्यवस्था अन्त्यभयो । राणा शासन देखि राजतन्त्र अन्त्य सम्ममा नेपाली जनताले थुप्रै बलिदानी गर्नुपर्यो व्यबस्था पनि पन्चायती व्यवस्था, बहुदलीय व्यवस्था, ०४६ को जनाअन्दोलन, १० बर्षे जनयुद्ध, ०६२, ०६३ को जनआन्दोलन आदि आन्दोलनहरु बाट प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघिय लोकतान्त्रिक गणतन्त्र सम्मको थुप्रै उपलब्धिहरु यो भुमिमा भयो यिनै उपलब्धि हासिल गर्ने सन्दर्भमा नेपाली जनताले थुप्रै राष्ट्रिय महत्वका उद्योग धन्दाहरु, प्राकृतिक स्रोतहरु, स्वतन्त्र मुलुकको अस्तित्व बिहिन हुन पुग्यो ।
बाहिय हस्तक्षेप एक पछि अर्को गर्दै देशका सिमाहरुमा, राष्ट्रिय गौरबका आयोजनाहरुमा, देशको शुशान्ति तथा सरकार संचालनमा समेत हस्तक्षेप बढ्दै गएको छ र नेपाल राजनीतिक, सास्कृतिक, सामाजिक, भाषिक आदि सम्पुर्ण हिसाबले नब उपनिबेश मुलुकको दर्जामा गएको मलाई लाग्छ सयुक्त राष्ट्र संघको सदस्य राष्ट्र नभएको भए आज यो देश देश रहने वाला थिएन ।
लेखक- लोकेन्द्र राज गिरी
कुनै बेला यहि देश हो विभिन्न मुलुकमा आजका सप्पन्न राष्ट्रहरुमा खाद्यान्न, लत्ताकपडा निर्यात गर्थो, बिपतमा सहयोग गर्थो, तर आज पराधिनताको पराकाष्ठा नाघी सक्ने स्थितिमा छ । यहाँको पुर्बाधार, शिक्षा, स्वास्थ, रोजगार, खाद्यान्न, हुँदा हुँदा निर्वाचन संचालन गर्न समेत अरुको हार गुहार गर्नु पर्छ भने देश कहाँ छ ? यो सब स्थिति कसरी उत्पन्न भयो के यहि हो हामीले लामो समय विभिन्न परिवर्तनका आन्दोलन र त्यसको उपलब्धि ? यसको प्रमुख कारण को हो ? नेपालमा राणा शासन विरुद्ध आन्दोलन २००७ साल देखि अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको निर्वाचन सम्म यो देशको सत्ता संचालन वा नेतृत्व कर्ता को छ ? अनि कसले बिगार्यो देश, किन बाध्य पारियो दक्ष र अदक्ष युबा पङ्क्तिलाई खाडी मुलुकमा जान, भोका नाङ्गा जनताको अधिकार काम र मामको ग्यारेन्टीका साथ भएका व्यवस्था परिवर्तनका आन्दोलनले किन दिन प्रतिदिन ती भोका नाङ्गा जिउँदै मर्नु पर्ने अवस्था आयो यो कस्का कारणले भएको हो ? यसको जबाफ कसले दिने ? आजको प्रमुख सबाल यहि हो । यो देश बनाउने जिम्मेवारी कसको हो ? जनतालाई राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक रूपमा सचेत बनाउने जिम्मेवारी कसको हो जनताको प्रश्न यहि हो ?
तर पनि यो देशका अगुवाइ कर्ताले आज पनि जनतालाई माग्ने र आफू दिने मानसिकता बाट माथी उठ्न सकेका छैनन । यसको ज्वलन्त उदाहरण भर्खरै सप्पन्न भएको स्थानीय तहको निर्वाचन मा जनतालाई Smart city , Free WiFi, विभिन्न सडक आदि बिकास निर्माण देखि खाने एक पोका तेल, एक केजि चिनी देखि एक बोतल रक्सी सम्म दिने र जनताले माग्ने स्थिति भयो अनि कसरी हुन्छ देशको बिकास, अर्को बुझनै पर्ने कुरा राणा देखि गणतन्त्र सम्मका नेता, २००७ साल यताका विभिन्न सन्धी सम्झौताका हस्ताक्षर कर्ता, सत्ता सन्चालनका बागडोर कर्ता उहीँ छन त्यसैले बोतल फेरिएको छ त्यसले दिने नसा फेरिएको छैन, आन्दोलन फेरिएको छ सत्ता व्यवस्था र नेतृत्व फेरिएको छैन त्यसैले पनि नेपाल बिकासमा पछि परेको छ हामीले जनतालाई राजनीतिक रुपमा सचेत बनाएका छैनौ, सङ्गठित रूपले बिकासमा एकताबद्ध गर्न सकेका छैनौ, नेपालमा उद्योग धन्दाहरुको बिकास र त्यसलाई राष्ट्रियकरण गर्न सकेका छौनौ, विभिन्न खाडी मुलुकमा आफ्नो परिश्रम बगाई रहेका युबा शक्तिलाई स्वदेशमा पसिना बगाउने अबसर दिएका छैनौ, देश भित्र हुने साना तथा मझौला बिकासहरुमा जनतालाई अपनत्वको बोध हुने अवस्था गरेका छैनौ ।
यो देश हाम्रो हो हामी आफैले बिकास गर्नु पर्छ भन्ने भावनाको बिकास गर्न सकेका छौनौ हेर्दा हेर्दै हरेक क्षेत्रमा आज देश निजीकरण र ब्यबसायिकरण बन्दै गएको छ जनताको प्रश्न यहि हो निजीकरण र व्यबसायिकरणले ब्यक्ति र कुनै समूहले मात्र नाफा कमाउने हो यो देशले होइन, नाफा खोर कमिसनकारी दलाली, ठेकेदारि नाफा कमाउने हो । काम र मामको खोजीमा भौतारिएका जनताले होइन, त्यसैले पनि जनतालाई सचेत नगराई, बिकास निर्माणमा एकताबद्ध नगराई, स्वदेशमा पसिना बगाउने अबसर दिई स्वदेशी लगानीमा बिकास निर्माण र बाहिय हस्तक्षेप बन्द नभए सम्म यो देश स्थिरता, शान्ति, बिकास सम्भब छैन त्यसैले स्थानीय सरकार सङ्गै सोच्ने अबसर आएको छ ।