जुम्ला ः तातोपानी गाउँपालिकाका किशोरीहरुलाई सामाजिक सञ्जालको सही सदुपयोगको विषयमा शिक्षा प्रदान गरिएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालको अत्यधिक मात्रामा प्रयोग भईरहेको हुनाले यसको सही सदुपयोगको विषयमा शिक्षा प्रदान गरिएको हो ।
?
भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले किशोरीहरुलाई विद्यालय तथा व्यक्तिगत रुपमा बाहिरी ज्ञान र विषयगत रुपमा गणित, अंगे्रजी तथा विज्ञान विषयमा तयारी कक्षा सञ्चालन गर्न सहयोग गर्ने बताए । आगामी दिनमा किशोरीहरुको शैक्षिक उपलब्धी बढाउनको लागि यस कार्यले मद्दत गर्ने उनको भनाई छ । सामाजिक सञ्जालको दुरुपयोगका कारणमा समाजमा परेको असरको विषयमा जानकारी पाएपछि त्यहाँका किशोरीहरु खुशी भएका छन् ।
आगामी दिनमा गाउँघरमा हुने छाउपडी तथा छुवाछुत प्रथा जस्ता सामाजिक विकृतिका विषयमा क्लबले सचेतनामूलक काम गर्दै अगाडी बढ्ने बताएका छन् । किशोरीहरु समुहमा मिलेर काम गर्न सकेमा सचेतना मूलक कार्यक्रमले समाजलाई परिवर्तन गर्न सकिने पत्रकार कृष्णमाया उपाध्यायले बताईन् । आगामी दिनमा गाउघर सरसफाई गर्नुका साथै गाउँघरमा हुने समस्यालाई समाधान गर्नको लागि पहल गर्नु पर्ने बताईन् ।
निमार्ण मिडिया नेटवर्क कर्णाली प्रदेश प्रमुख सागर परियारले सामाजिक सञ्जालको दुरुपयोगका कारण मानिसहरुले धेरै दुख पाईरहेको हुनाले सही सदुपयोग गर्नुपर्ने बताए । पछिल्लो समयमा सामाजिक सञ्जाल प्रयोग कर्ताको संख्या बढ्दै गएको हुनाले यस विषयमा राम्रोसँग जानकारी लिएर मात्र चलाउनु पर्ने बताए । छलफलमा सहभागी किशोरीहरुले आफुले जानेका कुराहरुलाई व्यवहारमा लागु गर्दै जाने बताएका छन् ।
सर्वोदय नेपालको सहयोगमा तिला गाउँपालिकाको कुडारी, तातोपानी गाउँपालिकाको जर्मी र हियाँखोला गाउँमा रहेका किशोरी समुहहरुलाई सामाजिक कुप्रथाको अन्त्य गर्ने विषयमा शिक्षा प्रदान गर्दै आएका छन् । हरेक हप्ताको शनिबार फरक फरक विषयमा छलफल हुँदै आएको छ । उक्त कक्षाको कालिका शाही र पत्रकार कृष्णमाया उपाध्यायले सहजिकरण गर्दै आएकी छन् ।