कर्णालीको बास्तविक जिबनशैलीमा आधारीत बृतचित्र ‘कचहरी’को छाँयांकन सकियो


नन्दराम जैसी
जुम्ला । कर्णालीको बास्तविक जिबनशैलीमा आधारीत कथानक बृतचित्र ‘कचहरी’को छाँयांकन सकिएको छ । एक बर्षपहिलेदेखि तयारी भएको कथा, बिषयबस्तु र लोकेसनका आधारमा गत पुस ५ गतेदेखि बृतचित्र कचहरीको छाँयांकन शुरु भएको थियो ।

पावर मुभिज प्रोडक्सन प्रा.लि का अनुसार केहिदिनअघि छाँयांकन सकिएको उक्त कथानक बृतचित्रको टेलर आगामि बैशाखमा सार्वजनिक गरीने छ, तर बृतचित्र भने, २०७५ भदौमा परेको गाईजात्राको अवसरमा देशभर एकैसाथ रिलिज गर्ने तयारी भैरहेको छ । कर्णालीको खष भाषाशैलीमा छाँयाकन गरीएको बृतचित्रले कर्णालीमा विद्यमान छाउपढिप्रथा, जारीप्रथा र हलिया प्रथालाई कथाको मुख्य बिषयबस्तु बनाइएको छ ।

कथानक बृतचित्रमा कर्णालीबासिले पुर्खोदेखि भोग्दै आएको बास्तविक जिबनशैली प्रस्तुत गरीएकाले बृतचित्र रिलिपपछि दर्शकहरुको निकै मन जित्न सफल हुने पावर मुभिज प्रोडक्सन प्रा.लिले दावि गरेको छ । कर्णालीका ऐतिहाँसिक, पर्यटकीय क्षेत्र तथा मनोरम दृष्यहरुमा छाँयांकन गरीएको बृतचित्रले यँहाको निर्वाहमुखि परम्परागत अर्गानिक खेती प्रणालीमा कृषकहरुको जिबनचक्र, कालापहाडीनुको बाध्यता सहितको सन्दर्भपनि प्रस्तुत गरेको छ ।

बृतचित्रको मुख्य भुमिकामा कलाकार गिता कटुवाल र नवदत्त न्यौपाने छन् । त्यस्तै निर्देशकमा शक्ति परियार, कथा लेखनमा मदन नेपालि र छाँयाकनमा सरोज शाहि रहेका छन् । करीब साढे १ घण्टाको बृतचित्र ४० लाख बढि लागतमा निर्माण हुने निर्देशक शक्ति परियारले बताए । मुख्य भुमिकामा रहेका कलाकार ठेके र चैतुको बृतचित्रमा प्रस्तुत पारीवारीक जिबन शैलिले समग्र कर्णालीबासिकै बिजन शैलिलाई सम्बोधन गरेको उनको भनाइ छ ।

बृतचित्रमा अभिनय गरेका सबै कलाकारहरु हाल कर्णालीमा लोप भैसकेका बहुमुल्य परम्परागत पहिरनमा सजिएका छन्, भने कलाकारहरुले प्रयोग गर्ने अन्य सबै परम्परागत सामाग्रिहरु छन् । पुरुषको पहिरनमा दोचा, दोफर, (जुक्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, उनीकै पुरानो नेपाली टोपी लगाएतका सामाग्रि प्रयोग गरीएका छन् ।

त्यस्तै महिलाको पहिरनमा, ठेटुवाको गावन, टुन्डेलाको फरीया, लहरे डौठो, फर्काबादको डौठो, कालो काम्लो, कुकुरछाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखि, फुलि, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडिको डरको माला, छिपो आदी परम्परागत लोप भैसकेका गहनाको प्रयोग गरीएको छ ।

तपाईको प्रतिक्रिया