सागर परियार,
राष्ट् समृद्धीका लागि एक व्यक्ति, समुदाय तथा गाउँ समृद्धी हुनु पहिलो आबश्यकता हो । जहाँ शिक्षा, रोजगारी उद्यमशिलता तथा मेलमिलाप छैन् त्यहा समृद्धीको परिकल्पना गर्न सकिदैन् । राष्ट्ले जसलाई समाज समृद्धीको जिम्मेवार भनेको छ । तिनै युवा जनशक्ति स्वदेशम उद्यमशिलता नभएका कारण लाखौको संख्यामा विदेश भौतारिएका छन् । भने, बाँकी जति युवा जन्मभुमिमा छन् ।
उनिहरुलाई आबश्यक उद्यमशिलताका कुनै कार्यक्रम छैनन् । नत सरकारले उचित उद्यमशिलताका कार्यक्रम संचालन गरेको छ । नत गाउँमै भने जस्तो रोजगार पाउने सकेका छन् । फलस्वरुप शिक्षीत युवाशक्तिहरु लागु पर्दाथ दुव्र्यसनीमा फस्दै गएको अबस्था छ ।
सडकको विस्तार,उद्यमशिलताको अभाव,शिक्षाको अभाव, तथा परिवारको प्रत्यक्ष निगरानी नहुनुको प्रमुख कारण कर्णालीका सयौ युवाहरु लागु औषधको दुव्र्यसनीमा फसेका छन् । यो यर्थात दृष्य जुम्ला जिल्लाको हो ।
कर्णाली क्षेत्र राजमार्गमा जोडिए संगै लागु औषधको व्यापार बढेपछि यहाँका युवाहरु दिन प्रतिदिन युवाहरुको मोह प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । समयमै सरोकारवालाले युवा उद्यमशिलताका निति तथा कार्यक्रम अबलम्बन गरि युवाहरुलाई लागु पर्दाथ दुव्र्यसनीबाट टाढा राख्नु पर्ने सुझाब दिएका छन् ।
३५ जना प्रहरी नियन्त्रणमा ः
लागु पर्दाथ दुव्र्यसनी तथा प्रत्यक्ष किनमेलमा संगल्न जुम्लाका ३५ जना युवायुवती प्रहरी नियन्त्रणमा छन् । प्रहरीको निरन्तर अनुसन्धान बाट अहिले सम्म ३५ जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरी नायब उपरिक्षक डाक्टर तपन कुमार दाहाले बताए ।
उनले भने, ११ जना युवती, ३५ जना युवा हरुलाई हामीले नियन्त्रणमा लिएका छौ । छोटो समयै ३५ जना युवायुवती समातिनुको अनुपातले जुम्लामा लागु औषध दुव्र्यसनीको समस्या विगतदेखि नै रहेको डिएसपी डाक्टर दाहाले उल्लेख गरे ।
आफु आएबाट यस विषयलाई गम्भीरता पुर्वक लिएर अभियान चलाएको छु । अझै लुकीछिपी प्रयोग गर्ने सयौको संख्यामा छन् । तर अहिले खुलेआम बजारका पेटीमा लागु औषध खाने, किनबेच गर्ने अबस्थामा केहि सुधार आएको दाबी गरे । अझै अनुसन्धान जारी छ । प्रहरी एक्लैले गरेर सम्भव छैन् ।
युवालाई दुव्र्यसनीबाट टाढा गर्न सहयोग गर्न पनि अपिल गरिएको छ । अहिले प्रहरी नियन्त्रणमा रहेका ३५ जना लाई कानुनमा तोके अनुसार जरिवाना तथा कैद सजाय हुने बताएका छन् ।
मेडिकलमा खुलेआम लागु पर्दाथ किनबेच ः
जुम्लाका निजि औषधी पसलहरुले पनि लागु पर्दाथ बेच्ने गरेको खुलेको छ । केहि रुपमा युवा समुहले बाहिरी जिल्लाबाट निर्यात गर्ने तर केहि जिल्ला भित्रैको मेडिकल हरुबाट किनेर प्रयोग गर्ने गरेको डिएसपी डाक्टर तपनकुमार दाहालले बताए ।
उनले भने, लागु औषध ऐन २०३३ अनुसार उत्पादन तथा किनबेच गर्न नपाईने उल्लेख गरेको छ । तर जुम्लामा उद्यमशिलताको अभावले युवाजनशक्तिहरु पछिल्लो समय लागु औषधको दुव्र्यसनिमा फसेको प्रहरीको अनुसन्धानले देखाएको उनको भनाई छ ।
मेडिकलहरुले अफिम,कोकिन,हिरोईन तथा ब्राउनसुगर जस्ता प्राण घातक लागु पर्दाथ बेच्ने गरेको खुलेको छ । तर तथ्य प्रमाण भेटिए कानुन अनुसार किनबेच गर्ने सबैलाई कानुनी दायरामा ल्याउने प्रहरीको भनाई छ ।
मेडिकल संचालक तथा लागुपर्दाथ प्रयोगकर्ता बिच आन्तरिक मिलोमत्तो हुँदा अनुसन्धानमा समस्या भएको उल्लेख गरिएको छ । लागु पर्दाथ नियन्त्रण कार्यलाई अभियानका रुपमा लिएर अघि बढ्नु पर्ने देखिन्छ ।
युवा उद्यमशिलताका योजना के ?
रोजगार, उद्यमशिलताको कमीले जुम्लाका सयौ युवाहरु कुलतमा फसेका छन् । प्रत्यक्ष रुपमा युवा शसक्तीकरणका क्षेत्रमा काम गर्ने जिल्ला युवा समितिको कार्यालयले अब युवा उद्यमका कार्यक्रम गर्नु पर्ने सुझाब छ ।
अब युवा उद्यमशिलताका कार्यक्रमलाई विशेष जोड दिईन्छ । समितिका अध्यक्ष दिपेन्द्र हमालले भने, जुम्लामा रहेका ४२ हजार बढि युवाहरु मध्य अधिंकाश विदेशमा छन् । बाँकी बेरोजगार भएको र त्यसकै कारण कुलतमा लागेको हुन सक्ने बताए ।
तर युवा समितिले युवाका आबश्यकता पहिचान गरी उद्यमशिलताका कार्यक्रम गर्ने प्रतिबद्धता गरे । निरव्याजी ऋण उपलब्ध गराउने, दुव्र्यसनबारे शिक्षा दिने, तथा रचनात्मक कार्यमा अग्रसर गराई लागु पर्दाथ नियन्त्रणको योजना रहेको उल्लेख गरेका छन् ।
लागु पर्दाथको प्रयोगने पार्ने दिर्गकालिन अबसर, किनबेच गर्दा हुने कानुनी सजाय, लगायतका बारेमा व्यापक जनचेतना दिईने योजना छ । जिल्ला युवा समितिका कार्यालय प्रमुख तुलराज चौलागाईले भने, बेरोजगारीको उपजनै कुलतमा फस्नु हो । अब युवा समितिले स्थानिय तहमा गएपछि पनि युवामा आधारित उद्यमशिलताका गतिविधिलाई प्रथामिकता दिने पहिलो एजेण्डा बनाएको बताए ।
जुम्लाका आम सरोकारवालाले कुलतमा फस्नु जतिकै सजिलो त्यसबाट उम्कनु नभएको भन्दै यसमा प्रहरी प्रशासन देखि संचारकर्मी एक जुट भई अभियनाका रुपमा जानु पनेमा जोड दिएका छन् । सोमबार जुम्लामा जिल्ला युवा समितिको आयोजनामा युवा तथा सरोकारवाला निकाय बिच लागु पर्दाथ दुव्र्यसन यसका असर तथा परिणम र सतर्कता बारे युवा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
राज्यले युवाको सर्वागिण विकासका लागि विभिन्न नीति तथा कार्ययोजना बनाएको छ । त्यसलाई नै न्यायोचित ढंगले कार्यान्वयन गरे युवाहरु बाटै समृद्धीको यात्रा शुचारु हुने अपेक्षा छ ।