अब सिंहदरबार भित्र चिनियाँ लगानीमा सौर्यऊर्जा


काठमाडौ ः अब प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चिनियाँ लगानीमा सौर्यऊर्जा खपत हुने भएको छ। सिंहदरबार भित्र रहेका मन्त्रालयलाई चीन सरकारले सौर्यऊर्जा सहयोग गरेको छ। प्रधानमन्त्रीको कार्यालयसहित २१ वटा कार्यालयलाई सहयोग पुग्ने गरी एक मेगावट क्षमताको सौर्यऊर्जा मंगलबार हस्तान्तरण गरेको हो।

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनका इकोनोमिक काउन्सिलर पेङ विइले संयुक्त हस्ताक्षर गरी ऊर्जा योजना सरकारले बुझेको छ। चाइना एडले ५ अर्व ९२ लाख रुपैयाँ (३७ मिलियन आरएमबी) लागतमा परियोजना निर्माण गरेको हस्तान्तरण कार्यक्रममा जानकारी दिए।

सन २०१६ नोभेम्बरमा निर्माण सुरु गरिएको परियोजना सन् २०१८ जनवरीमा सम्पन्न भएको थियो। चीनले नेपाललाई पहिलो पटक सौर्यऊर्जा सहयोग गरेको भन्दै यसले सरकारलाई सौर्यऊर्जा निर्माणमा ऊर्जा थपेको बताए।

सिंहदरबारमा भन्दा पनि गाउँगाउँमा सौर्यऊर्जा खाँचो भएकाले यसको विस्तारमा सरकार योजना बनाएर लाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। राजनीतिक अस्तिरताले कमजोर बनेको अर्थतन्त्रलाई सुधार गर्न सौर्यऊर्जा पनि एक भएको भन्दै अबको विकास गर्न सौर्यऊर्जा विस्तारमा जोड दिने ओलीले बताए।

तपाईको प्रतिक्रिया