शान्तिको दूरी चलेपछि…


बुधबार, १७ माघ २०७४

काठमाडौं ः उनको मेरो दूरी चल्यो मनभित्र हुरी चल्यो

देखिँदैन धार कतै भित्रभित्र हुरी चल्यो ।

गीतकार शान्तिप्रियको शब्दमा संगीतकार दीपक शर्माको संगीत तथा राज सिग्देलको आवाज रहेको यो गीतको भिडियो छायांकन गरिएको छ । म्युजिक भिडियोको निर्देशन पनि शब्दकार शान्तिप्रियले नै गरेका छन् । भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री अनामिका चौलागाईं एवं साहित्यकाररमुक्तककार रश्मि रोदन र बालकलाकार सयना खड्काले अभिनय गरेका छन् । प्रेमको त्रिकोणात्मक कथालाई कार्की, चौलागाईं, रोदन र खड्काले निर्वाह गरेका हुन् । गीतको छायांकन माधव खरेलले गरेका हुन् भने सम्पादन पनि खरेलले नै गर्दैछन् । अधर एल्बममा समाविष्ट यो चौथो गीत हो । तीन गीतको यसअघि नै भिडियो तयार पारिएको छ ।

तपाईको प्रतिक्रिया