सरसफाईमा नमुना कालिका विद्यालय देवारगाउँ


जुम्ला ः सरकारले हरेक विद्यालयमा छात्रछात्रामैत्री शौचालय अवधारण ल्याएको बषौँ दिन वितिसकेको छ । तर जुम्ला जिल्लाका अधिकांश विद्यालयमा शौचालय प्रयोग विहिन र छात्रछात्रमैत्री शौचालय छैनन् । सरकारले ल्याएको छात्रछात्रमैत्री शौचालय अवधारणा घोषणामै सिमित रहेको छ ।

तर हिमा गाउँपालिका १ देवार गाउँ स्थित कालिका आधारभुत विद्यालयमा किर्डाक नेपाल, जुम्लाको सहयोगमा छात्रछात्रामैत्री पानीका धारा र शौचालय निर्माण भई प्रहयोगमा आएपछि शिक्षक र विद्यार्थी खुशी भएका छन् । विद्यालयका प्रधानाध्यापक दिपबहादुर शाहीका अनुसार पहिलो हाम्रो विद्यालयमा शैचालय खानेपानी थिएन अहिले राहत भएका छ । उनले भने विद्यालयको सरसफाई गर्ने प्राप्त पानी पनि छ शिक्षक विद्यार्थी मिलेर दैनिक विहान सरसफाई गर्ने गरेका छौँ । विद्यालयमा बाल र अपांग लैगिंकमैत्री शौचालयको व्यवस्थापन भएकोले सहज भएको छ ।
किर्डाक नेपाल, जुम्लाको सहयोगमा कालिका आधारभूत खानेपानी, स्वास्थ्य शिक्षा तथा सरसफाई आयोजनाको सात लाख ७५ हजार पाँच सय ३२ रुपैया अनुदान र समुदायकको तिन लाख १७ हजार चार सय २६ रुपैया बराबरको श्रमदान गरी जम्मा १० लाख ९२ हजार नौ सय ५८ रुपैया बजेटमा आयोजना निर्माण भएको हो ।
किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम शाहीका अनुसार गैरसरकारी संस्था राज्यको परिपुरक संस्था हो सोही अनुरुप शिक्षा क्षेत्रमा काम गर्दै आएका छौँ । उनले विद्यालयमा बालबालिकालाई सहज होस् भन्नका लागि शिक्षा क्षेत्रमा सरसफाई विषयमा काम गरिएको बताए ।
आयोजनाको अनुगमनका क्रममा उक्त विद्यालयमा पुगेका जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्टले यो आयोजनाले बालबालिकालाई राहत भएको बताए । उनले भने विद्यालय सरसफाईका हिसावले अव्वल रहेको छ सधै यस्तै गर्न सुझाब दिए । उनले कक्षा कोठाको अवलोकन गरी गुणस्तर शिक्षाका विषयमा शिक्षकहरुको ध्यानाकर्षण समेत गराएका थिए ।
विद्यार्थी आफै हाजिर गर्दछन्
कालिका आधारभूत विद्यालय देवारगाउँ जुम्लाका विद्यार्थीहरुले आफै हाजिर गर्ने गरेका छन् । हरेक कक्षा कोठाको भित्तामा हाजिरी बोर्ड टासिएको छ । हाजिरी बोर्डमा विद्यार्थी संख्या अर्थात रोल नम्बर अनुसार लिखिएको हुन्छ । हरेक रोल नम्बरमा एका तिर रातो र एक तिर हरियो रंङ लगाएको सिक्का जस्तो गोटी झण्डाएको हुन्छ । विद्यार्थीहरु विहान १० बजे विद्यालय आउने वित्तिकै गोटी हरियो रंङ पल्टाउछन् भने बेलुका घर जाने समयमा रातो रंङ पल्टाए जान्छन् । विद्यालय नआउने विद्यार्थीहरुको गोटीको रंङ भने रातो नै हुन्छ ।
प्रधानाध्यापक शाहीका अनुसार विद्यार्थी हाजिरी रजिष्टर अनुसार क्रस चेक पनि गर्ने गरेका छौँ । उनले भने हाजिरी रजिष्टर र बोर्डमा विद्यार्थीले गरेको हाजिरमा फरक परेका छैन विद्यार्थीले इमान्दार पुर्वक आफु विद्यालयमा आएर बोर्डमा झुण्डाएको गोटी हरियो हुन्छ नआएका विद्यार्थीहरुको गोटी रातो नै हुन्छ ।
कक्षा कोठा अभावले बहुकक्षा शिक्षण
अनुगमनका क्रममा विद्यालय पुगेका जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्टलाई विद्यार्थी शिक्षक र अभिभावकले कक्षा कोठा अभावका कारण बहुकक्षा शिक्षण संचालन गरिएको गुनासो गरे ।
बहुकक्षा संचालनका विधि र प्रक्रिया भएपनि त्यसले विद्यार्थीहरुको ध्यानकेन्द्रीत हुने नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर रोकायाले बताए । उनले भने भौतिक संरचनाका लागि धेरै ठाउँमा पहल गरौँ तर सफल भएनौँ, अझै सरोकारवाला निकायसँग पहल गरिरहेका छौँ ।
बहु कक्षा शिक्षणका विषयमा जिल्ला शिक्षा अधिकारी श्रेष्ठले यो पनि एउटा शिक्षण विधि हो र यसका विधि प्रक्रियामा रहेर शिक्षण गर्न शिक्षकहरुलाई सुझाब दिए ।
विद्यालयमा तिनवटा बोल्डिङमा ६ वटा कोठा छन् । एउटा कोठालाई कार्यालयको रुपमा प्रयोग गरिएको छ भने अरु पाँच कोठा विद्यार्थीहरुलाई पठनपाठनका लागि प्रयोगमा आएको छन् । कक्षा १ मा बढी विद्यार्थी भएको कारण सेक्सन विभाजन गरिएको सेक्सन ए मा ३५ जना विद्यार्थी छन् भने सेक्सन बी मा पनि ३४ जना विद्यार्थीहरुको संख्या रहेको छ । कक्षा ५ सम्म पठनपाठन हुने कालिका प्राविमा जम्मा एक ५२ जना विद्यार्थी छन् भने दरवन्दी शिक्षक दुई जना, राहत शिक्षक एक जना र निजि स्रोतबाट एक जना गरी चार जनाको शिक्षक संख्या रहेको छ ।

तपाईको प्रतिक्रिया