नेपाली चलचित्र, वर्षका चर्चित काण्ड


जीवन्त ठाउँमा घटना(परिघटना हुनु सामान्य कुरा हो। नेपाली फिल्म पनि अघिल्ला वर्षको तुलनामा ज्यादा नै जीवन्त देखियो। उद्योग ठूलो हुँदै गएको संकेत यो पनि हो कि मनोरन्जन कोलममा गसिप लेख्नेलाई गसिपको कुनै कमी भएन। कुनै न कुनै काण्ड भइ नै रहे र तीमध्ये केहीले मनोरञ्जन क्षेत्रमा मात्र तरंग फिँजाएनन्, अन्य क्षेत्रमा पनि प्रशस्त चासो सिर्जना गरे। २०७४ सालभरि भएका यस्तै केही विशेष घटनालाई ‘सम्पूर्ण’ले समेटेको छ।

ऋचा भर्सेस छक्का पन्जा
अभिनेत्री ऋचा शर्मा र ‘छक्का पन्जा’ टिमको दन्तबझान वर्षको सर्वाधिक चासोको घटनाभित्र रह्यो। फिल्ममा महिला सहभागितासम्बन्धी एक छलफलमा वक्ताका रूपमा सहभागी ऋचाले ‘छक्का पन्जा’ हेर्ने दर्शक मूर्ख हुन् भन्ने आशय व्यक्त गरेको बुझाइमा टिमका सम्पूर्ण सदस्यले ऋचालाई ‘गेट वेल सुन’ लेखेपछि उनी नखाएको विषको रापमा परिन्। दीपकराज गिरी र दीपाश्री निरौलाले त भइहाले, ऋचालाई ‘गेट वेल सुन’ लेख्नमा समकक्षी हिरोइनहरू प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का नै लागेपछि धेरैले यसलाई आश्चर्यचकित बनायो। पछि प्रियंकाले स्ट्याटस हटाए पनि वर्षा र स्वस्तिमाले भने ऋचाको खोइरो खन्न छाडेनन्। पछि ऋचाले बोलेको भिडियो फुटेजमा ऋचाले दर्शकलाई मूर्ख नभनेको देखिएपछि दीपक(दीपा नै दोषी ठानिए।

११ लाखको ‘उकाली ओराली’
एउटा गीत सरदरमा एक लाख रुपैयाँमा तयार हुन्छ। तर, निर्माता सुवास गिरीले एक लाख खर्च गरेर गीत बनाउनुका साटो रञ्जित गजमेरले धेरै वर्षअघि ‘सम्झना’ फिल्मका लागि बनाएको गीत ‘उकालीमा अघि अघि’ बिनाअनुमति ‘कृ’मा प्रयोग गरेपछि एक रात हिरासतमा मात्र बस्न परेन, ११ लाख रुपैयाँ पनि तिर्नुप¥यो। यो मामलामा धेरै फिल्मकर्मी सामाजिक सञ्जालमा गिरीको पक्षमा देखिए। तर, बिनाअनुमति अरूको सिर्जना चोर्नु गलत थियो भन्ने आवाज कमजोर रहनु फिल्म क्षेत्रकै लागि दुर्भाग्य हो भन्ने आवाज पनि कम चर्को रहेन। अझ गिरीले पत्रकार सम्मेलन नै गरेर प्रहरी र शम्भु प्रधानले ज्यादती गरेको बताए पनि गीत चोरेकोमा एक पटक पनि गल्ती भयो नभनेको देख्दा उनको आरोपमा कसैले चासो दिएनन्। यो मामलामा भुवन केसी र संगीतकार अलमोडा उप्रेती भने बचे।

भाग्यमानी ट्याटू
फिल्म उद्योगमा जम्मा दुई वर्ष जेठी साम्राज्ञीराज्य लक्ष्मी शाह फिल्मको अभिनय कम, फाल्तु कुरामा ज्यादा चर्चामा रहिन्। यो साल उनलाई चर्चामा ल्याउने काण्ड भने वक्षस्थलमा खोपिएको ट्याटू रह्यो। साम्राज्ञीले वक्षस्थलको तल्लो भागमा ट्याटू मात्र खोपाइनन्, सो फोटो पहिले आफैँ सार्वजनिक गरिन् र पछि ट्याटू आर्टिस्टले सार्वजनिक गरे। फोटोमा साम्राज्ञी मज्जाले टिसर्ट उचालेर पोज दिइरहेकी देखिन्छिन्। फोटोको नकारात्मक चर्चा आएपछि साम्राज्ञीलाई कसै(कसैले चोख्याउने प्रयास गरे पनि उनको उत्ताउलो बेहोरा कसैबाट छिप्न स

तपाईको प्रतिक्रिया