रारामा हिरिसडेकले निर्माण गरर्यो, आवाश्यक सामाग्रि सहित ६ सौचालय


नन्दराम जैसी
रारा । मुगुको रारा आउने पर्यटकहरुलाई सहजताका लागि प्यान र साबुनपानी सहितको ६ वटा अस्थायी सौचालय निर्माण गरीएको छ । कर्णाली रारा पर्यटन बर्ष २०७५ का अवसरमा बैशाख १ गते अर्थात भोलि उद्घाटन हुने महोत्सवलाई सफल पार्न तथा रारामा आउने पर्यटकहरुलाई दिसा, पिसा गर्न सहजताका लागि अस्थायी सौचालय निर्माण गरीएको हो ।

पर्यटन प्रर्वद्धन जिल्ला मुल समारोह समितिसँगको सहकार्य तथा हिरिसडेक मुगुको सहयोगमा पर्यटकीय सेवालाई लक्षीत गरी ६ वटा अस्थायी सौचालय निर्माण गरीएको हिरिसडेककी सन्जु तिमल्सिनाले बताईन् । उनका अनुसार अस्थायी सौचालय निर्माणमा रारा राष्ट्रिय निकुञ्जले सहयोग गरेको छ ।

फाईल फोटो

‘पर्यटन बर्षको उद्घाटनमा आउने सबै पर्यटकहरुलाई दिसा, पिसा गर्न सहजहोस् भन्ने उदेश्यले हामिले प्यान र साबुनपानी सहितको अस्थायी सौचालय निर्माण गरेका हौँ । सौचालयमा प्रयाप्त पानीको ब्यवस्था हुनेछ । त्यसको ब्यवस्थापनमा जोड दिईरहेका छौ’ उनले भनिन््, ‘पर्यटकलाई शुद्ध पिउने पानी शुद्धिकरण गर्न ३० वटा बाल्टीको समेत हिरिसडेकले ब्यवस्था गरेको छ ।’

तपाईको प्रतिक्रिया