जुम्लाका हिक्मतले चुमे कर्णाली प्रदेश आईडलको “टप वान” ३ लाख पुरस्कार

नन्दराम जैसी

जुम्ला । कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न भएको गायन क्षेत्रको प्रदेश स्तरीय आईडलमा जुम्लाका हिक्मत शाही टप वान हुन सफल भएका छन् ।

सिंगारो म्यूजिक प्रा.लि लिमिटेडले सुर्खेतमा आयोजना गरेको उक्त आईडल प्रतिस्पर्धा कार्यक्रममा जुम्ला हिमा गाउँपालिका १ (साविक बड्की गाविस १ ) निवासी हिक्मत सयौ प्रतिस्पर्धीलाई उछिन्दै टप वानमा पर्न सफल भएका हुन । उनले ३८ हजार मत ल्याएका छन्, भने उनका प्रीतद्धन्द्धी महेन्द्र बहादुर वि.क.ले ३५ हजार भोट ल्याएर रनरअप द सेकेण्ड भएका छन् ।

सुुर्खेतमा गत फागुन २ गतेबाट शुरु भएको अडिसनहरुमा हिक्मत शाही टप टेन, टप सेभेन, टप फोर हुदै टप वान हुन सफल भएको सिंगारो म्यूजिक प्रा.लि. का कार्यकारी निर्देशक विशाल ढकालले जानकारी दिए ।

उनका अनसार टप वान भएका हिक्मत शाहीलाई रु ३ लाख रासीको पुरस्कार सहित सम्मान गरिएको छ । उनलाई सिंगारो म्यूजिक प्रालिले २ वटा गित समेत रेकर्ड गर्ने अवसर दिएको छ । यसैगरी टप ट्ु मा पर्न सफल सुर्खेतका महेन्द्र वि.क.ले रु २ लाख पुरस्कार सहित १ गित रेकर्ड र तेस्रो हुने खाजी परियारलाई रु १ लाख पुरस्कार सहित १ गित रेकर्डको अवसर दिईएको आयोजकले जनाएको छ ।

सुर्खेतको होटल भ्यालीभ्यू कटेज अगाडिको प्रांगणमा समापन भएको अडिसन कार्यक्रमको अध्यक्षता रमेशकुमार सापकोटाले गरेका थिए । विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र बरिष्ठ गायक भिमबहादुर कार्कीद्धारा वितरण गरिएको छ ।

गायन क्षेत्रमा पाएको अवसर र सवैले दिएको लोकप्रिय भोटका कारण टप वान हुन सफल भएको विजेता हिक्मत शाहीले खुशी हुदै बताए । हिक्मतको कलाक्षेत्र अब थप उचाईमा पुगेको हुदा उनको प्रतिभालाई प्रवृद्धन गर्न कर्णाली प्रदेशले विशेष प्रथामिकता दिनुपर्ने राष्ट्यि लोकगायक रमेश अविरलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस