सिन्डिकेट खारेजको विरोधमा अनिश्चितकालीन यातायात बन्द


काठमान्डौ ः सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले संयुक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । उनीहरुले बुधबार वानेश्वरमा पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका विभिन्न १३ बुँदे आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

२१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि संयुक्त आन्दोलन संघर्ष समितिबाट अर्को जनकारी नआएसम्म नेपालभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा थन्काउने आन्दोलनको कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया