डोल्पामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते


डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका (५ मा पर्ने करोपगाँडमा जीप दुर्घटना भएको छ ।शनिबार बिहान ९ बजेतिर खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोटतर्फ गइरहेको लु १ च ५४६६ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट नगरपालिका – ९ का ६० वर्षीया रामकला जैसी रहेकी छन् ।

दुर्घटनामा दैलेख चामुण्डा विन्द्यासैनी नगरपालिका –९ का चालक वीरबहादुर थापा,डोल्पा त्रिपुरासुन्दरी नगरपालिका –५ का २७ वर्षीया बिष्णुरुपा बोहोरा र रुकुम आठबिसकोट नगरपालिका –६ का १८ वर्षीय जयबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।

घाइते थापा र बोहोराको अवस्था गम्भिर रहेको छ भने जयबहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि राडीज्युलातर्फ लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया