जुम्लामा छुईगोठ मुक्त घोषणाको लहर, धामीझाँक्री नै अभियानमा

जुम्ला ः चेतनाको विकाससंगै पछिल्लो समयमा जुम्लाका ग्रामीण बस्तीहरु धमाधम छुईगोठ मुक्त घोषणा भईररहेका छन् । बदलिदो परिबेश अनुसार सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिबृद्धिका कारण गाउँबस्तीहरु छुईगोठ मुक्त घोषणा हुने क्रम बढ्दो रहेको छ।
गाउँमा रहेका विभिन्न समुह सहकारीले गरेको छलफल तथा चेतना अभिबृद्धिको परिणाम नै गाउगोठ मुक्त घोषणाको लहर भएको छ । गाउँका महिलाहरु सामाजिक कुसंस्कार विरुद्धको महान लडाईमा सक्रियका साथ लागी परेका छन् ।


महिनावारी हुँदा गोठमा बस्दा हुने विभिन्न समस्यालाई बुझ्दै गाउँका धामी झाक्रीहरु पनि यस महान कार्यक्रमा सहभागी भएकै कारण जुम्लाका विभिन्न बस्ती छाउमुक्त घोषणा हुन पुगेका हुन् । धामी झाक्रीहरु छुईगोठ मुक्त अभियानमा सक्रियसाथ लागि परेका छन् ।
यस्तै विभिन्न प्रयासले आईतबार एक कार्यक्रमका बीच तातोपानी गाउँपालिका ४ नम्बर वडाको जैतपुर गाउँलाई छाउपढी मुक्त गाउँ घोषणा गरिएको छ । जैतपुर गाउँका आम महिला दिदि बहिनीको सर्मथनमा गाउँलाई छाउमुक्त घोषण गरिएको हो ।
महिनावारी हुँदा अब गोठमा नभई सरसफाईका साथ घरमै बस्ने त्यहाका आम महिलाहरुले साँझा प्रतिबद्धता गरेका छन् । लामो प्रयास पछि गाउँलाई छाउमुक्त घोषणा गरेको प्रति महिलाहरु खुसी भएका छन् । जैतपुर गाउँकी स्थानीय महिला सम्झना कामीले भनिन्, हामी पिजडाकी सुगा जस्तै थियौँ ।
किरा फटयांग्राले टोक्ने, बलात्कृत हुने लगायतका डर मनमा पालेर गोठमा बस्नु पर्ने बाध्यताबाट छुटकरा मिलेको भन्दै खुशी व्यक्त गरिन् । उहाँ जस्तै जैतपुर गाउँका महिला छाउगोठ मुक्त गाउँ घोषण भएपछि खुशी भएका छन् ।
त्यस्तै, स्वयम छाउगोठ मुक्त अभियानमा सक्रिय मष्टोका धामी मुनबहादुर कामीले भने, छुईहुँदा घरमा बसेपछि देवता रिसाउने सबै भरम मात्रै रहेछ । आफ्नी बुहारी महिनावारी भएपछि सरसफाई गरी घरमा आउन्छन, खाना पकाउन्छन् खादा केहि समस्या नभएको उनी बताउन्छन् ।
यस्तै कुरा गाउँका महिलाहरुलाई भन्दै गएपछि आज गाउनै छाउपढी मुक्त घोषणा हुन पुगेको उल्लेख गरे । आईतबार छाउपढी मुक्त घोषणा कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले नमुना गाउँपालिकाको पहिलो खुटकिलो छाउमुक्त घोषणा भएको बताए ।

उनले भने, समृद्धिको शुरुवात हरेक वडाबाट शुरुवात हुनुपर्छ । सदियौ देखिको कुसंस्कारलाई जोड जैतपुरका महिला सफल भएको प्रति शुभकामना दिए । कार्यक्रममा सहभागी वडाअध्यक्षहरुले समय सापेक्ष अनुसारको परिवर्तन जुम्लाका महिलाहरुले चाहेको बताए । जसको परिणाामा जैतपुर जस्तै जुम्लाका थुप्रै बस्ती छाउमुक्त घोषणा भएको उनिहरुले उदाहरण दिएका थिए । अब सबै वडाबाट नमुना योग्य कामको थालनी गरिने पनि बताएका छन् ।
४ नम्बर वडा अधयक्ष धिरज जैशीले हरेक बस्ती समृद्धिको बाटोमा लम्कीन चाहेको भन्दै यसमा स्थानीय सरकारले आर्थिक भौतिक नैतिक सबै सहयोग गर्ने प्रतिबद्धता गरे । समृद्धिका लागि एकजुट हुन आवश्यक छ । उनले भने, नमुना वडापालिकाको सन्देश ४ नम्बर बाट दिन्छौ । यसमा सबैले साथ सहयोग गर्न उनको अपिल छ ।
कार्यक्रममा सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले विगत साढे २ वर्ष पछिको सफल्ता जैतपुर गाउँ छाउमुक्त भएको उल्लेख गरे । घोषणालाई प्रभावकरी कार्यान्वयनका लागि सबै निकायले निगरानी गर्न पनि उनले आग्रह गरे । साथै, क्याड नेपालकी कार्यक्रम अधिकृत सिता शर्माले छाउगोठ घोषणा अभियानलाई व्यवहारिक बनाउन अझै साथ सहयोग रहने बताईन् ।
उनले, महिला माथिको अत्याचार अन्त्यका लागि स्वयम महिलाहरु नै एकजुट भएकाले विस्तारै जुम्लामा छुईप्रथा न्युनिकरण हुदै जाने उल्लेख गरिन । छाउमुक्त गाउँ घोषणाका अबसरमा जैतपुर गाउँका ४० घरधुरीलाई एक टावल,एकचक्की सावुन र एक सावुन धान्नी वितरण गरिएको छ ।
जुम्लाका ८ गाउँबस्ती छुईगोठ मुक्त
तातोपानी गाउँपालिकाको जैतपुर गाउँ सहित तिला गाउँपालिकाको रावतवाडा, जोगीवाडा, ढिमकोट, तातोपानी गाउँपालिकाकै हियाखोला र श्रीनगर, पातासारी गाउँपालिकाको माथिल्होर्प र तलिल्होप गरी संगै जुम्लाका ८ गाउँबस्ती छुईगोठ मुक्त घोषणा भएका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस